प्राकृतिक वातारणको संरक्षण गर्नुपर्छ : उपराष्ट्रपति यादव

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले व्यक्तिगत र सामूहिक रुपमा प्रकृति र प्राकृतिक वातारणको संरक्षणमा सक्रियताका साथ लाग्नुपर्ने बताएका छन् । विश्व वातावरण दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले विश्व वातावरण दिवसको सार्थकता, सान्दर्भिकता र महत्त्वले मूर्तरुप लिनका लागि सक्रिय हुनुपर्ने बताएका हुन् ।
शुभकामना सन्देशमा उनले लेखेका छन्,‘सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई व्यक्तिगत र सामूहिक रुपमा प्रकृति र प्राकृतिक वातारणको संरक्षणमा सक्रियताका साथ लागेमा मात्र विश्व वातावरण दिवसको सार्थकता, सान्दर्भिकता र महत्वले मूर्तरुप लिन सक्छ ।’
यस दिवसका अवसरमा ‘प्लास्टिक प्रदूषणविरुद्ध लागौँ’ भन्ने नाराका साथ नेपालमा पनि यो दिवस मनाउन लागेकोमा खुसी व्यक्त गर्दै उनले प्लास्टिक प्रदूषणले सिङ्गो पृथ्वीलाई पार्ने प्रभावलाई न्यूनीकरण गर्न हामी सबैको हातेमालो अति आवश्यक भइसकेको उल्लेख गरेका छन् ।
उनले बढ्दो बसाई सराइ, महत्त्वपूर्ण जैविक विविधताका क्षेत्र वरपर बढ्दो सहरीकरण, जनताको पूर्वाधार विकासप्रतिको तीव्र चाहना र आवश्यकता, जल तथा वायु प्रदूषण, जलवायु परिवर्तनको कारणले हुने गरेको अतिवृष्टि, खण्डवृष्टि, अनावृष्टि आदि संरक्षण र दिगो विकासका लागि चुनौतीहरुलाई चिर्न सबै सरोकारवाला पक्ष सचेत र सावधान हुँदै दत्तचित्त भई अघि बढ्नुपर्ने बताएका छन् ।
‘विश्व वातावरण दिवसको सान्दर्भिकता हरेक वर्ष पछिल्लो समय नेपालको वातावरण प्रदूषणले स्वास्थ्य, आर्थिक, सांस्कृतिक र सामाजिक रुपमा पनि गम्भीर प्रभाव परेको बारे भन्दै उनले भने, ‘पृथ्वी र प्रकृति सबैको साझा हो भन्ने मूल मर्म बुझेर वातावरण प्रदूषण न्यूनीकरण गर्न सबै सरोकारवाला सचेत हुँदै सक्रिय सहभागिता अपरिहार्य छ । भाबी पिढीलाई प्रकृतिसँग माया र प्रेम गर्न सिकाउँदै वातावरण प्रदूषणले सिङ्गो मानव जातिमाथि पार्ने प्रभावको न्यूनीकरण गर्न सबै पक्ष सचेत भई अग्रसर हुनु पर्दछ ।’
उनले शुभकामना सन्देशमार्फत मानव क्रियाकलापले वन, जैविक विविधता सङ्कटमा पर्दै विभिन्न खालका प्राकृतिक प्रकोपहरुको सामना गरिरहनु परेको सन्दर्भमा स्वच्छ र स्वस्थ जीवन निर्वाहका लागि प्रकृति र प्राकृतिक वातावरणलाई दिगो संरक्षणमा एकजूट भई लाग्न अपिल गरेका छन् ।
















अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
पोखरामा गाडी दुर्घटना हुँदा १० जना घाइते
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया