अफगानिस्तानमा ८० छात्राहरूलाई विष खुवाइयो

उत्तरी अफगानिस्तानमा प्राथमिक विद्यालयका ८० छात्राहरूलाई विष खुवाइएको छ। क्षेत्रका शिक्षा अधिकारीले आइतबार सो जानकारी दिएका हुन् । उनले सबै छात्राहहरुलाई अस्पतालमा भर्ना गरिएको बताए । सन् २०२१ को अगस्टमा तालिबान सत्तामा आएपछि यस्तो पहिलो घटना हो।
तालिबानले पहले नै देशमा छात्राहरूलाई छ कक्षाभन्दा माथि पढ्न प्रतिबन्ध लगाएको छ। उनीहरुलाई विष खुवाइएका विद्यालय अफगानिस्तानको सार–ए–पुल प्रान्तमा स्थित छन् । दुवै विद्यालय आसपासमै रहेको बताइएको छ ।
सर–ए–पुलका शिक्षा विभागका अधिकारीले यस विषयमा अनुसन्धान भइरहेको बताए । उनले भने, ‘प्रारम्भिक अनुसन्धानमा कसैको षड्यन्त्र भएको देखिन्छ । ती युवतीहरुलाई कसरी विष खुवाइयो भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन । केटीहरूको उमेर र कुन कक्षामा पढ्छन् भन्ने बारे पनि कुनै जानकारी प्राप्त भएको छैन।’
सन् २०१५ मा अफगानिस्तानमा पनि यस्तै घटना भएको थियो । त्यसपछि हेरात प्रान्तमा ६०० स्कूली छात्राहरूलाई विष खुवाइएको थियो। त्यतिबेला पनि कुनै पनि संस्थाले यसको जिम्मेवारी लिएको थिएन । यद्यपि धेरै मानवअधिकार संगठनहरूले घटनाको लागि तालिबानलाई जिम्मेवार ठहराएका थिए।
-एजेन्सी
















विजयोत्सवको ८१औँ वार्षिकोत्सव मनाइयो
Training on parliamentary practices for RSP lawmakers begins
निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास सम्पन्न
इन्डोनेसियामा ज्वालामुखी विस्फोट, तीन जनाको मृत्यु
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया