महाभारतका शकुनी मामाकाे निधन

मुम्बई । महाभारतमा शकुनीको भूमिका निभाएर चर्चित बनेका अभिनेता गुफी पेन्टलको सोमबार बिहान निधन भएको छ । उनी ७८ वर्षका थिए । पेन्टल ८ दिनयता मुम्बईस्थित अँधेरी अस्पतालमा भर्ना भएका थिए । उनलाई हृदय र मृगौला सम्बन्धी समस्या थियो ।
गुफीका भतिज हितेन र महाभारतमा उनका साथी कलाकार सुरेन्द्र पालले निधनको पुष्टि गरेका छन् । उनको आज ४ बजे अन्तिम संस्कार गरिनेछ ।एक साताअघिमात्र गुफीको स्वास्थ्यमा समस्या आएको थियो । त्यो समयमा उनी फरीदाबादमा थिए । त्यहाँको अस्पतालमा भर्ना भए पनि स्वास्थ्यमा सुधार नआएपछि उनलाई मुम्बई ल्याइएको थियो ।
गुफीले सन् १९७५ मा फिल्म ‘रफू चक्कर’बाट बलिउडमा डेब्यू गरेका थिए । ८० को दशकमा उनले कैयौं फिल्म र टेलिभिजन शोमा अभिनय गरे । यद्यपि उनले पहिचान भने सन् १९८८ मा बीआर चोपडाको महाभारतबाट पाए । उनी पछिल्लोपटक स्टार भारतको शो ‘जय कन्हैया लाल की’मा अभिनय गरेका थिए । अभिनयमा आउनुअघि उनी सेना थिए ।
उनले सानो भाई कन्वरजीतको भनाई मानेर सन् १९६९ मा मुम्बई आएका थिए । त्यहाँ उनले मोडलिङ र अभिनय सिकेपछि कैयौं फिल्ममा सहायक निर्देशकका रुपमा काम गरे । त्यही बेला उनले महाभारतमा कास्टिङ निर्देशकका रुपमा काम गर्ने मौका पाए ।
‘म महाभारतमा शकुनीको चरित्र निभाउनका लागि उपयुक्र्त अनुहारको खोजीमा थिएँ । मैले शोका लागि सबै कलाकारको अडिसन लिएँ । मैले यो भूमिकाका लागि तीन व्यक्तिलाई छनोट गरें । यही समयमा स्क्रिप्ट लेखक मासूम रजाले मलाई नै शकुनीको भूमिकामा अभिनय गर्न सल्लाह दिए । यसरी म महाभारतको शकुनी बनें’, उनले भनेका थिए ।









भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु
सर्वोच्च अदालत तोडफोड र आगजानी गर्ने दुई जना पक्राउ
छुटे दुर्गा प्रसाईं
भ्रष्ट्राचारमा शून्य सहनशिलता अपनाउन मन्त्री खरेललाई गृह जिल्लावासीको आग्रह
कास्कीको अन्नपूर्ण आसपास भूकम्प
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
प्रतिक्रिया