हरिला पुगे अन्नपूर्णको चुचुरोमा
मेरोन्यूज
२०८० जेठ २२ गते २१:२७
काठमाडौँ । छ महिनाको अवधिमा विश्वमा रहेका आठ हजार मिटर अग्ला १४ वटा हिमालको आरोहण गरेर कीर्तिमान बनाउने अभियानमा रहेकी नर्वेजियन पर्वतारोही क्रिस्टिल हरिला आज म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमालको चुचुरोमा पुगेका छन् ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ मा रहेको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्णसहित हरिलाले आठवटा हिमालको सफल आरोहण गरिसकेका छन् । आज बिहान ६ बजे हरिला र पाँचजना नेपाली पर्वतारोहीले अन्नपूर्ण हिमालको सफल आरोहण गरेका सेभेन समिट टे«क्सका प्रबन्ध निर्देशक थानेश्वर गुरागाईँले बताए ।
हरिला सेभेन समिटमार्फत अन्नपूर्ण आरोहण गर्न जेठ १९ गते आधार शिविर पुगेका थिए । हरिलासँगै तेन्जिन शेर्पा, पासाङनेर्बु शेर्पा, लेक्पा तेम्बा शेर्पा, मिङ्मा तेन्जिन शेर्पा र लेक्पा ज्याल्जिन शेर्पाले अन्नपूर्णको सफल आरोहण गरेको गुरागाईले बताए ।
सम्बन्धित










निर्वाचन आयोग र गृहमन्त्रीबीच छलफल
जेनजीहरूले बुझाए प्रधानमन्त्रीलाई प्रस्तावित सम्झौताको मस्यौदा, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्राध्याक्ष वा गणतन्त्रात्मक शासन व्यवस्थाबारे वृहत छलफल चलाउने
अझै गति बढाएर काम गर्न प्रधानमन्त्रीको निर्देशन
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
निर्वाचन आयोगले तोक्यो ३ सहायक प्रवक्ता
आज २०८२ साल कात्तिक २६ गते बुधबारको राशिफल
आज २०८२ साल कात्तिक २७ गते बिहीबारको राशिफल
ओली हावा कुरा गर्छन्, उनीबाहेक एमालेका सबै नेता हाम्रोमा आउँछन् : प्रचण्ड
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
उपसचिव र शाखा अधिकृतसहित ४३ कर्मचारीको सरुवा (नामावलीसहित)
प्रतिक्रिया