‘आदिपुरुष’ रिलिज हुने थिएटरमा भगवान हनुमानका लागि एक सिट खाली राखिने

मुम्बई। अभिनेता प्रभासको फिल्म ‘आदिपुरुष’ सन् २०२३ को प्रतिक्षित फिल्ममा पर्दछ । हालैमात्र यो फिल्मको ट्रेलर रिलिज भएको थियो, जुन ट्रेलरलाई दर्शकले मनपराएका छन् । यो फिल्म रिलिजको दुई साता मात्र समय बाँकी छ । यहीकारण निर्माताहरुले प्रचारको अन्तिम चरणलाई तिब्रता दिइरहेका छन् ।
हालैमात्र फिल्मको टिमले नयाँ अफर घोषणा गरेको छ । अफर अनुसार फिल्म प्रदर्शनको समयमा हरेक थिएटरमा एक सीट रिजर्भ हुनेछ । यो बिना बिक्री भएको सिट दर्शकहरुको आस्थाको खुशियाली मनाउनका लागि भगवान हनुमानलाई समर्पण गरिनेछ ।
‘जहाँ पनि रामायणको पाठ गरिन्छ, त्यहाँ भगवान हनुमानको उपस्थिति हुन्छ । यो हाम्रो विश्वास हो । यो विश्वासलाई सम्मान गर्दै प्रभासको राम अभिनित आदिपुरुषलाई प्रदर्शन गर्ने थिएटरमा हनुमानका लागि एक बिक्री नभएको सिट आरक्षित गरिनेछ’, फिल्म निकट स्रोतले भनेको छ ।
फिल्मको निर्देशन ओम राउतले गरेका छन् । फिल्म १६ जुनमा रिलिज हुँदैछ । यो फिल्म तेलुगू, हिन्दी, तमिल, मलयालम र कन्नड भाषामा रिलिज हुनेछ । फिल्ममा प्रभासले राम, कृति सेननले सीता, सनी सिंहले लक्षण, देवदत्त नागेले हनुमानको भूमिका निभाएका छन् ।


















लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
रास्वपा संसदीय दलको बैठक जारी
मुस्ताङमा स्याउका बोट सेताम्मे
इरान–अमेरिका वार्ताको सम्झौताप्रति आशा
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
अस्ट्रेलियाली सेनामा पहिलो महिला प्रमुख
प्रतिक्रिया