सोमबार, मंसिर १५, २०८२

मनाङलाई हराउँदै एनआरटी छैटौं स्थानमा

मेरोन्यूज २०८० जेठ २४ गते १७:५३

काठमाडौं । दिपेश आले मगरको निर्णायक गोलमा एनआरटीले शहीद स्मारक ए डिभिजन लिगमा बुधबार मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गरेको छ ।

च्यासल रंगशालमा भएको खेलमा एनआरटीले मनाङलाई १-० ले पराजित गर्दै महत्वपूर्ण ३ अंक जोड्यो ।

एनआरटीका लागि दिपेश आले मगरले १७औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।

एनआरटीले त्यही अग्रता कायम राख्दै जित निकालेको हो ।

यस सिजन आठौं जित हात पारेको एनआरटी २५ खेलबाट ३३ अंक जोड्दै मनाङलाई नै पछि पारेर छैटौं स्थानमा उक्लेको छ ।

सातौं हार बेहोरेको मनाङ २५ खेलबाट ३२ अंकसहित सातौं स्थानमा झरेको छ ।

प्रतिक्रिया