सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपः सदभाव र सुवासलाई तीन स्ट्रोकको अग्रता

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत अन्तिम प्रतियोगिता, सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको दोस्रो दिन दुई एमेच्योर खेलाडी सद्भाव आचार्य र सुवास तामाङ संयुक्तरुपमा शीर्ष स्थानमा रहेका छन् ।
गोकर्ण गल्फ क्लवमा सद्भाव र सुवासले ३६ होलको समाप्तीमा समग्रमा ९–अन्डर १ सय ३५ को स्कोरमा नीरज तामाङ र शुक्रबहादुर राईलाई तीन स्ट्रोकले पछि पारेका हुन् । यस्तै राष्ट्रिय टिमका खेलाडी सद्भावले ७–अन्डर ६५ को उत्कृष्ट स्कोर कार्ड बनाउँदै शीर्षस्थानमा उक्लिए । सुवासले भने इभन–पार ७२ मा दोस्रो दिनको खेल सकाउँदा शीर्षस्थान बाँडे । दिनकै उत्कृष्ट कार्ड बनाउने क्रममा नीरज तामाङले ८–अन्डर ६४ को स्कोर बनाए । यो स्कोरमा नीरज र डिफेन्डिङ च्याम्पियन शुक्रबहादुर राईले संयुक्तरुपमा तेस्रो स्थान बाँडे । शुक्रले ५–अन्डर ६७ मा दोस्रो दिनको खेल सकाए। दुवैले समग्रमा ६–अन्डर १ सय ३८ स्कोर गरे ।
यसैगरी जयराम श्रेष्ठ र शिवराम पौडेल संयुक्तरुपमा सातौं स्थानमा छन् । दुवैले आज इभन–पार ७२ को कार्ड बनाए । समग्रमा २–अन्डर १ सय ४२ सहित सुर्य प्रसाद शर्मा नवौं स्थानमा छन् । इभन–पार ७२ सहित समग्रमा १–अन्डर १ सय ४३ सहित दिनेश प्रजापती दशौं स्थानमा रहे ।
एमरच्योरतर्फ टासी छिरिङ तेस्रो स्थानमा छन्। उनले २–अन्डर ७० सहित समग्रमा १ सय ४४ स्कोर गरेका छन् यसैगरी वाङचेन ढोन्डुप, भरत थापा मगर र प्रज्वल गुरूङ सहित ६ एमरच्योर खेलाडीले पनि कट बनाए । युवा एमेच्योर सद्भावले दिनको शुरूवात बर्डीबाट गरे । यसपछि तेस्रोदेखि छैटौं होलसम्म लगातार चार होल र नवौं होलमा एक–एक सट बँचाए । सातौं होलको बोगीले फ्रन्ट नाइन ५–अन्डर ३१ मा पूरा गरे । त्यसपछि १३औं र १५औं होलमा बर्डी प्रहार गर्दै ब्याक नाइन २–अन्डर ३४ मा समापन गरे ।
प्रतियोगिता अन्तर्गत धरानका प्रोफेसनल गल्फर निरज तामाङले दिनकै उत्कृष्ट कार्ड निकाल्ने क्रममा फ्रन्ट नाइनमा लोभलाग्दो प्रदर्शन गरे । उनले तेस्रोदेखि नवौं होलसम्म लगातार सात बर्डीको सफलता प्राप्त गरे । यसैगरी डिफेन्डिङ च्याम्पियन शुक्रले फ्रन्ट नाइन ४–अन्डर ३२ मा सकाए । प्रोफेसनल गल्फर्स एशोसिएशन नेपालद्वारा आयोजित तथा सूर्य नेपाल प्रा.लि.द्वारा प्रयोजित प्रतियोगितामा ४१ प्रोफेसनल र ९ एमेच्योर गरी कुल ५० खेलाडीको सहभागिता रहेको छ ।
















प्रजातन्त्रको रक्षाका लागि गाउँसम्म विचार पु¥याउनुपर्ने
अष्ट्रेलियामा इन्धन आयातमा सरकारी ग्यारेन्टी दिने घोषणा
अनेरास्ववियुद्वारा भृकुटीमण्डप क्षेत्रमा टायर बालेर सडक अवरुद्ध
मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब
इरान र हिजबुल्लाहद्वारा उत्तरी इजरायलमा ‘एकैसाथ’ आक्रमण
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
प्रतिक्रिया