मंगलबार, वैशाख २२, २०८३

तराइका भू-भागको तापक्रम नघटने

मेरोन्यूज २०८० जेठ २५ गते ६:२७

काठमाडौं । अहिले मुलुकभर पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका तराइका भू–भागहरूमा अधिकतम र न्यूनतम तापक्रम बढ्ने छ । केही दिन यो क्रम जारी रहने महाशाखाले जनाएको छ । जसका कारण तराईमा भू–भागहरूमा तातो हावा र लू चलिरहेको महाशाखाले जनाएको छ।

Advertisement
NiccNicc

कोशी प्रदेशलगायत पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। कोशी, बागमती, लुम्बिनी, गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षा भइरहेको छ।

दिउँसो पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

राति पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशको पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

कोशी, गण्डकी तथा कर्णाली प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना र तराईमा अत्याधिक गर्मी रहेकाले मेघगर्जन र चट्याङ्बाट हुन सक्ने जोखिम वा क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया