कालीकोटमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु
मेरोन्यूज
२०८० जेठ २५ गते ९:२६

काठमाडौं । कालीकोटको रास्कोट नगरपालिकाबाट सरमुकाम मान्मा जाँदै गरेको जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
रास्कोट नगरपालिकाबाट सरमुकाम मान्मा जाँदै गरेको ग ३ च ४६१० नम्बरको जिप रास्कोटकै सेरा बसपार्क नजिकै दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा ४३ वर्षीय मनबहादुर शाही र ३६ वर्षीया मनकुमारी शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जानकारी दिएको छ ।
जिल्ला प्रहरी प्रमुख डीएसपी जयश्वर रिमालका अनुसार जिपमा तीन जना सवार थिए । जिप सडकबाट करिब ३०० मिटर तल खसेको छ ।
सम्बन्धित
















मुस्ताङको मुक्तिक्षेत्रमा फेरि हिमपात
पुराना दललाई रविको चुनौती : जो जो मिल्नु छ मिल, यो सुनामी रोकेर देखाऊ
साफ यु–२० च्याम्पियनसिपको खेल तालिका सार्वजनिक
सामाजिक सञ्जाल सम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय
जापानको सहयोगबाट नेपाल र नेपालीहरू अत्यन्त लाभान्वित भएका छन् : राष्ट्रपति
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
सुदूरपश्चिम प्रदेशका २०६ उम्मेदवार मध्ये १८ महिला : कुन पार्टीका उम्मेदवार ?
माघ १८ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
माघ शुक्ल पूर्णिमा, आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
प्रतिक्रिया