साफ च्याम्पियनसिपका लागि नेपाली टिमको घोषणा, पहिलो खेल कुबेतसँग

काठमाडौँ । साफ च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ ।
भारतमा हुने साफ च्याम्पियनसिपका लागि नेपाली फुटबल टिमको २३ सदस्यीय टोलीका घोषण भएको हो । मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।
आगामी जुन २१ देखि जुलाई ४ सम्म च्याम्पियनसिप भारतमा हुँदै छ । नेपालले प्रतियोगितामा समूह ‘ए’मा परेको छ ।
नेपालले पहिलो खेल जुन २१ मा कुवेतविरुद्ध खेल्ने छ । यो समूहमा नेपालसँगै घरेलु टिम भारत, पाकिस्तान र कुवेत रहेका छन् । आठ टिमको सहभागिता रहने प्रतियोगिताको समूह ‘बी’मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् ।
यसअघि सार्वजनिक भएको तालिकाअनुसार जुन २४ मा नेपालले भारतसँग र जुन २७ मा समूह चरणको अन्तिम खेलमा भने पाकिस्तानसँग खेल्ने छ ।
च्याम्पियनसिपमा पहिलोपटक कुवेत र लेबनान आमन्त्रित टिमको रुपमा हैसियतमा मैदानमा आउने छन् । नेपालले च्याम्पियनसिपअघि तयारी स्वरुप फिलिपिन्सविरुद्ध एक मैत्रीपूर्ण फुटबल खेल्ने तालिका छ । नेपाल र फिलिपिन्सबीचको खेल जुन १५ मा हुनेछ ।
नेपाली टिमः
गोलकिपरः किरण चेम्जोङ, दीप कार्की, विशाल श्रेष्ठ
रक्षकः देवेन्द्र तामाङ, निशान्त खड्का, विमल पाण्डे, सनिस श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, सिमान्त थापा
मिडफिल्डरः नविन लामा, मणिकुमार लामा, पुजन उपरकोटी, एरिक बिष्ट, लाकेन लिम्बु, आभास लामिछाने
फरवार्डः विमल घर्ती मगर, नवयुग श्रेष्ठ, दीपकराज सिंह ठकुरी, अञ्जन बिष्ट, मनिष डांगी, आशिष चौधरी, आयुश घलान









नोभेम्बरमा भित्रिए एक लाख १६ हजार पर्यटक
वामपन्थी शक्तिहरु एक भएर जानुपर्छः संयोजक दाहाल
अन्नपूर्णमा बेपत्ता पर्यटक मृत फेला
मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कृषि विकास बैंकलाई अन्तर्राष्ट्रिय सम्मान
कपालमा पर्ने चायाबाट छुटकारा पाउने उपाएहरु यस्ता छन्
प्रतिक्रिया