साफ च्याम्पियनसिपका लागि नेपाली टिमको घोषणा, पहिलो खेल कुबेतसँग

काठमाडौँ । साफ च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ ।
भारतमा हुने साफ च्याम्पियनसिपका लागि नेपाली फुटबल टिमको २३ सदस्यीय टोलीका घोषण भएको हो । मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।
आगामी जुन २१ देखि जुलाई ४ सम्म च्याम्पियनसिप भारतमा हुँदै छ । नेपालले प्रतियोगितामा समूह ‘ए’मा परेको छ ।
नेपालले पहिलो खेल जुन २१ मा कुवेतविरुद्ध खेल्ने छ । यो समूहमा नेपालसँगै घरेलु टिम भारत, पाकिस्तान र कुवेत रहेका छन् । आठ टिमको सहभागिता रहने प्रतियोगिताको समूह ‘बी’मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् ।
यसअघि सार्वजनिक भएको तालिकाअनुसार जुन २४ मा नेपालले भारतसँग र जुन २७ मा समूह चरणको अन्तिम खेलमा भने पाकिस्तानसँग खेल्ने छ ।
च्याम्पियनसिपमा पहिलोपटक कुवेत र लेबनान आमन्त्रित टिमको रुपमा हैसियतमा मैदानमा आउने छन् । नेपालले च्याम्पियनसिपअघि तयारी स्वरुप फिलिपिन्सविरुद्ध एक मैत्रीपूर्ण फुटबल खेल्ने तालिका छ । नेपाल र फिलिपिन्सबीचको खेल जुन १५ मा हुनेछ ।
नेपाली टिमः
गोलकिपरः किरण चेम्जोङ, दीप कार्की, विशाल श्रेष्ठ
रक्षकः देवेन्द्र तामाङ, निशान्त खड्का, विमल पाण्डे, सनिस श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, सिमान्त थापा
मिडफिल्डरः नविन लामा, मणिकुमार लामा, पुजन उपरकोटी, एरिक बिष्ट, लाकेन लिम्बु, आभास लामिछाने
फरवार्डः विमल घर्ती मगर, नवयुग श्रेष्ठ, दीपकराज सिंह ठकुरी, अञ्जन बिष्ट, मनिष डांगी, आशिष चौधरी, आयुश घलान
















हुनानमा पटाखा कारखाना विस्फोट, २१ जनाको मृत्यु
होर्मुजमा तनाव बढ्दा अन्तराष्ट्रिय बजारमा तेलको मूल्यमा व्यापक वृद्धि
भारतको विधानसभा निर्वाचन : उलटफेर परिणाम
प्रधानमन्त्री बालेन भन्छन्- विद्यार्थी र कर्मचारी संगठनहरू दलको ‘स्लिपर सेल’ भए
ओमान विरुद्ध ब्याटिङ गर्दै नेपाल, दुई खेलाडी परिवर्तन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया