क्यानाडामा खालिस्तानीले मनाए इन्दिरा गान्धीको हत्याको उत्सव

काठमाडौँ । क्यानाडामा खालिस्तानीहरूले इन्दिरा गान्धीको विरोधमा झाँकी प्रदर्शन गरेका छन् ।
उनीहरूले क्यानाडाको ब्राम्पटन क्षेत्रमा एउटा झाँकी निकालेका थिए । जसमा इन्दिरा गान्धीको हत्याको घटनालाई समावेश गरेका छन् ।
उनीहरूका अनुसार झाँकीमा यसलाई बदलाको रूपमा वर्णन गरिएको थियो । यो झाँकीको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । भारतीय प्रयोगकर्ताहरूले यसको चर्को आलोचना गरिरहेका छन् ।
इन्दिरा गान्धीको हत्यालाई क्यानाडाको झाँकीमा समावेश गरेकोमा कांग्रेसले कडा प्रतिक्रिया दिएको छ । कांग्रेसले भारतीय विदेशमन्त्री एस जयशंकरलाई यो विषय क्यानाडा सरकारसमक्ष दृढताका साथ उठाउन माग गरेको छ ।
विदेशमन्त्री एस जयशंकरले क्यानाडा सरकारको आलोचना गर्दै त्यहाँ पृथकतावादी, कट्टरपन्थीहरूलाई संरक्षण दिइने बताए । कांग्रेस नेता मिलिन्द देवराले ट्वीट गर्दै भने, ‘यो पक्ष लिने कुरा होइन, तर यो देशको इतिहास र प्रधानमन्त्रीको हत्याबाट भएको पीडाको सम्मानको कुरा हो ।’
कांग्रेस नेता जयराम रमेशले पनि विदेश मन्त्रीलाई क्यानाडा सरकारसँग यो मामिला दृढताका साथ उठाउन आग्रह गरेका छन् । अमृतसरको गोल्डेन टेम्पलबाट आतंककारीलाई धपाउन भारतीय सेनाले अपरेशन ब्लू स्टार सुरु गरेको थियो । यस अपरेशनको विरोधमा इन्दिरा गान्धीको आफ्नै गार्डले हत्या गरेको थियो ।
















इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
अमेरिकाले नेपाल ‘ए’लाई दियाे २६३ रनको लक्ष्य
एमाले राष्ट्रिय सभा सचेतकमा रोशनी मेचे चयन
अनुमतिविना यार्सागुम्बा सङ्कलन गर्न गएका २५ जना नियन्त्रणमा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया