एसियन कप छनोट: नेपालको दोस्रो हार हुँदा चीन विजयी

काठमाडौँ । एएफसी यु २० महिला एसियन कप छनोटको दोस्रो चरणअन्तर्गत आज भएको खेलमा नेपाल चीनसँग पराजित भएको छ ।
म्यान्मारको यानगोनस्थित थुवुन्ना स्टेडियममा भएको खेलमा नेपाल चीनसँग ०-५ गोलअन्तरले पराजित भएको हो । नेपालको यो लगातार दोस्रो हार हो ।
यसअघि भएको पहिलो खेलमा नेपाल आयोजक म्यानमारसँग ०-५ गोलअन्तरले नै पराजित भएको थियो । आज खेलको १६ औँ मिनेटमा ओउयाङ युहयानले गोल गर्दै चीनलाई सुरुआती अग्रता दिलाइन् ।
त्यस्तै, होउ युसीले खेलको २६ औँ मिनेटमा गोल गर्दै चीनको अग्रता दोब्बर बनाइन् । खेलको पहिलो हाफको अत्तिरिक्त समयमा चीनले दुई गोल थप्यो ।
चीनकी यिनली होङ र लु जुआयुले एक एक गोल थपे । त्यसपछि खेलको ८९ औँ मिनेटमा यु जियाकीले गोल गर्दै चीनलाई ५-० को जित दिलाए ।
यस जितसँगै चीनले छ अंक जोडेको छ । चीनले पहिलो खेलमा चाइनिज ताइपेलाई १-० गोलअन्तरले पराजित गरेको थियो ।
अब नेपालले छनोट चरणको अन्तिम खेल यही जेठ २७ गते चाइनिज ताइपेसँग खेल्नेछ ।















कांग्रेसकाे देउवा समूहले ओली र लेखक पक्राउको संवैधानिक र राजनीतिक प्रतिवाद गर्ने
जनअपेक्षा अनुसार काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जम्मु कश्मीरमा हिम–पहिरो, ७ जनाको मृत्यु
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
तीन महिनाका लागि एन्फा निलम्वन
प्रतिक्रिया