अर्थमन्त्री डा. महतले आज राष्ट्रिय सभामा बजेटबारे सांसदका प्रश्नको जवाफ दिने
मेरोन्यूज
२०८० जेठ २६ गते ७:४३

काठमाडौँ । अर्थमन्त्री डा. रामशरण महतले आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने भएका छन् ।
शुक्रबार बिहान साढे ११ बजे संसद् भवन नयाँ वानेश्वरमा बोलाइएको राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री डा. महतले बजेटमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची तय भएको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाका प्रेस संयोजक दुर्गाप्रसाद शर्माले जानकारी दिए ।
१५ जेठमा अर्थमन्त्री डा. महतले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गरेका थिए । बजेटमाथिको छलफल सकिएपछि छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री डा. महतले दिन थालेका हुन् ।
सम्बन्धित
















मनसुन पूर्वतयारी कार्ययोजना निर्माण गर्न कार्यदल गठन
कैलालीको टीकापुरमा एचआईभी सङ्क्रमित’लाई पोषण सहयोग नियमित भएन
सहकारी पीडितसँग मन्त्री रावलले थालिन् छलफल
मध्यपूर्व युद्ध चर्किंदै, विश्व चिन्तित
तनहुँका एक हजार ५०० जनाको निःशुल्क आँखा जाँच
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया