नेपालले आज नेदरल्याण्डसँग अभ्यास खेल खेल्दै

काठमाडौं। आईसीसी एकदिवसीय विश्वकप छनोटको तयारीमा रहेको नेपालले दोस्रो अभ्यास आज नेदरल्याण्डससँग खेल्दैछ ।
गत बिहीबार भएको पहिलो अभ्यास खेलमा नेपाल स्कटल्याण्डसँग ७ बिकेटले पराजित भएको थियो । दक्षिण अफ्रिकामा भएको पहिलो एकदिवसीय अभ्यास खेलमा नेपाल स्कटल्याण्डसँग ७ विकेटले पराजित भए पनि नेपालमा भएको खेलमा भने स्कटल्याण्डलाई नेपालले पराजित गरेको थियो ।
जिम्बाबेमा हुने छनोट प्रतियोगिताका लागि नेपाल दक्षिण अफ्रिका पुगेको छ, जहाँ नेपालले अभ्यास खेल खेल्ने क्रममा आज नेदरल्याण्डसँग खेल्न लागेको हो ।
जिम्बाबेमा हुने छनौट खेलमा नेपाल सहित आठ देशको सहभागिता रहने छ । जसअनुसार नेपालसमेत रहेको समूह ‘ए’ वेस्ट इन्डिज, अमेरिका, नेदरल्याण्डस् र जिम्बाबे रहेका छन भने समूह ‘बी’मा आयरल्याण्ड, ओमान, स्कटल्याण्ड, श्रीलंका र युनाइटेड अरब इमिरेट्स (यूएई) रहेका छन् ।
नेपाल दुई सातापछि जिम्बावे हुने आइसिसी विश्वकप छनोट अघि अन्तिम तयारीको लागि दक्षिण अफ्रिका भ्रमणमा गएको हो ।









मन्त्रिपरिषद्का निर्णयः ‘जेनजी’ सहिद परिवारलाई परिचयपत्र, भदौ २३ गते ‘जेनजी’ सहिद दिवस
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो
बैकुण्ठ अर्याल सचिवमा बढुवा
एनपीएल खेल्न नेपाल आइपुगे स्टार क्रिकेटर प्लेसिस
नोभेम्बरमा भित्रिए एक लाख १६ हजार पर्यटक
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कृषि विकास बैंकलाई अन्तर्राष्ट्रिय सम्मान
आज २०८२ साल मंसिर १३ गते शनिबारको राशिफल
इमरान खानको अवस्थाबारे पाकिस्तानी सिनेटरले के भने ?
प्रतिक्रिया