गेटामा मेडिकल विश्वविद्यालय बनाउन माग गर्दै सुदूरपश्चिममा गरिएको हड्तालले जनजीवन प्रभावित

कैलाली । सुदुरपश्चिम प्रदेशमा सुरु भएको आम हडतालले जनजीवन प्रभावित भएको छ । गेटा अस्पताललाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय कार्यान्वयनको माग गर्दै आज भएको आम हडतालले जनजीवन प्रभावित भएको हो ।
विश्वविद्यालय स्थापनार्थ गठित संघर्ष समितिले यसअघि सार्वजनिक गरेको बिरोध कार्यक्रमको तालिका अनुसार आज सुदूरपश्चिम प्रदेशमा आम हड्तालको आयोजना गरेको हो । जसका कारण नौ जिल्लाको जनजीवन प्रभावित भएको छ ।
काठमाडौंमासमेत बिरोध प्रदर्शन गरेका असन्तुष्ट समुहले आज प्रदेश ठप्प पारेका छन् । सो हड्तालका कारण प्रदेशका ९ वटै जिल्लामा लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेको छैन । प्रहरीको अनुसार महेन्द्र राजमार्गमा ठुला सवारी साधान चलेका छैनन् भने अन्य सहायक मार्ग पनि दुई पाङग्रे सवारी साधान मात्रै छिटफुट रुपमा चलेका छन ।
गत २९ माघमा बसेको मन्त्रिपरिषद्को बैठकले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो । सुदुरपश्चिम भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहालले गेटालाई विश्वविद्यालय बनाउने घोषणा पनि गरेका थिए ।
तर, गत जेठ १५ मा सरकारले ल्याएको बजेटमा विश्वविद्यालयको ठाउँमा प्रतिष्ठानका रुपमा अघि बढाउने र एक सय शैय्याको अस्पताल सञ्चालन गर्ने घोषणा गरे पछि सुदुरपश्चेमेली नागरिकमा असन्तुष्टी बढेको हो ।
















एमाले अध्यक्ष ओलीले आज झापा–५ को दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्दै
तोरी काटिरहेको ठाउँमा चितुवाले आक्रमण गर्दा महिलाको मृत्यु
दाङका वनमा महामारी, डढेलो लागेजस्ता देखिए सालका रुख
यस्तो छ आजका लागि फलफूल तथा तरकारीको मूल्य
मकवानपुरको सिमखोलामा सवारी दुर्घटना, एक जनाको मृत्यु
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया