गेटामा मेडिकल विश्वविद्यालय बनाउन माग गर्दै सुदूरपश्चिममा गरिएको हड्तालले जनजीवन प्रभावित

कैलाली । सुदुरपश्चिम प्रदेशमा सुरु भएको आम हडतालले जनजीवन प्रभावित भएको छ । गेटा अस्पताललाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय कार्यान्वयनको माग गर्दै आज भएको आम हडतालले जनजीवन प्रभावित भएको हो ।
विश्वविद्यालय स्थापनार्थ गठित संघर्ष समितिले यसअघि सार्वजनिक गरेको बिरोध कार्यक्रमको तालिका अनुसार आज सुदूरपश्चिम प्रदेशमा आम हड्तालको आयोजना गरेको हो । जसका कारण नौ जिल्लाको जनजीवन प्रभावित भएको छ ।
काठमाडौंमासमेत बिरोध प्रदर्शन गरेका असन्तुष्ट समुहले आज प्रदेश ठप्प पारेका छन् । सो हड्तालका कारण प्रदेशका ९ वटै जिल्लामा लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेको छैन । प्रहरीको अनुसार महेन्द्र राजमार्गमा ठुला सवारी साधान चलेका छैनन् भने अन्य सहायक मार्ग पनि दुई पाङग्रे सवारी साधान मात्रै छिटफुट रुपमा चलेका छन ।
गत २९ माघमा बसेको मन्त्रिपरिषद्को बैठकले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो । सुदुरपश्चिम भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहालले गेटालाई विश्वविद्यालय बनाउने घोषणा पनि गरेका थिए ।
तर, गत जेठ १५ मा सरकारले ल्याएको बजेटमा विश्वविद्यालयको ठाउँमा प्रतिष्ठानका रुपमा अघि बढाउने र एक सय शैय्याको अस्पताल सञ्चालन गर्ने घोषणा गरे पछि सुदुरपश्चेमेली नागरिकमा असन्तुष्टी बढेको हो ।
















नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
बर्दिया राष्ट्रिय निकुञ्ज संरक्षणलाई प्रभावकारी बनाउने मन्त्री चौधरीको प्रतिबद्धता
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव
कर्मचारी ट्रेड युनियन खारेज नगर्न तीन विपक्षी दलको माग
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
सुकुम्वासी बस्ती खाली गर्न लागिएको विरूद्धको रिटमा कारण देखाउ आदेश जारी
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
प्रतिक्रिया