सोमबार, पुष ७, २०८२

भारतमा भएको सडक दुर्घटनामा ४ नेपालीको मृत्यु

मेरोन्यूज २०८० जेठ २८ गते ११:४८

कञ्चनपुर । भारत उत्तराखण्डको बनबासा–खटीमा सडकखण्ड अन्तर्गत चकरपुरमा शनिबार मध्याह्न कार र दुई स्कुटर ठोक्किँदा चार नेपालीको मृत्यु भएको छ ।

दुर्घटनामा परि भीमदत्त नगरपालिका–२ उल्टाखाम र भारत उत्तराखण्डको उद्यमसिंहनगर जिल्ला अन्तर्गत खटीमा नजिकै मुडेलीमा गरी दोहोरो बसोबास भएका ६० वर्षीय नेमबहादुर चन्द, उनकी श्रीमती ५६ वर्षीया सरस्वती, बुहारी २७ वर्षीया नर्मदा र ४२ वर्षीया भाइ–बुहारी कल्पना चन्दको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु भएकाहरू कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखाममा पूजापाठ सकेर मुडेलीतर्फ फर्किरहेका थिए । २ वटा स्कुटरमा गइरहेका उनीहरु चकरपुरमा कारसँग ठोक्किएका हुन् । दुर्घटनामा परेर घाइते भएका उनीहरुलाई अस्पताल पुर्‍याउने बित्तिक्कै मृत घोषणा गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक हर्षबहादुर चन्दले सञ्चारमाध्यमहरूले उल्लेख गरे पनि आधिकारिक रूपमा केही जानकारी नआएको जानकारी दिए ।

प्रतिक्रिया