जेठ ३२ गते दुई लघुवित्तको कारोबार बन्द हुने

काठमाडौं । दुई लघुवित्तको सम्पूर्ण कारोबार जेठ ३२ गते एक दिनका लागि बन्द हुने भएको छ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड र आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको कारोबार जेठ ३२ गते बन्द हुने भएको हाे। प्राप्ति प्रक्रिया पुरा गरी यी दुई कम्पनीले असार १ गतेदेखि एकिकृत कारोबार गर्ने भएका छन् ।
जेठ ३२ गते एक दिन कारोबार बन्द हुने हुँदा ग्राहकबर्गमा पर्न जाने असरप्रति दुबै कम्पनीले क्षमा मागेका छन् । गत असोज १४ गते डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्तलाई प्राप्ति गर्नका लागि प्रारम्भिक सम्झौता गरेका यी दुई कम्पनीले चैत १३ गते अन्तिम सम्झौता गरेका थिए । प्राप्ति पश्चा्त डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार सुरू गर्न लागेको जनाएको छ ।
प्राप्तिपछि बन्ने कम्पनीको केन्द्रिय कार्यालय चितवन , भरतपुरमा रहने कम्पनीले जनाएको छ ।
















मनसुन पूर्वतयारी कार्ययोजना निर्माण गर्न कार्यदल गठन
कैलालीको टीकापुरमा एचआईभी सङ्क्रमित’लाई पोषण सहयोग नियमित भएन
सहकारी पीडितसँग मन्त्री रावलले थालिन् छलफल
मध्यपूर्व युद्ध चर्किंदै, विश्व चिन्तित
तनहुँका एक हजार ५०० जनाको निःशुल्क आँखा जाँच
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया