बिहीबार, चैत १९, २०८२

फेरी बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

मेरोन्यूज २०८० जेठ ३० गते ११:२८

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मुल्य उकालो लागेको छ । सोमबार तोलामा १ सय रुपैयाँले घटेर छापावाला सुन आज ३ सय रुपैयाँले बृद्धि भई प्रति तोला १ लाख १२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

महासंघका अनुसार आज तेजावी सुन प्रति तोला १ लाख १२ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

साथै आज चाँदी तोलामा ५ रुपैयाँले बृद्धि भई प्रति तोला १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया