काठमाडौँसहित कोशी, बागमती र गण्डकी प्रदेशमा पानी पर्ने

काठमाडौँ । अहिले मुलुकभर पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको र बाँकी भू’भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।
दिउँसो कोशी प्रदेशलगायत पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।
राति कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ । साथै मधेश प्रदेशसहित पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ ।
देशका मध्य तथा पश्चिम तराईका भू–भागहरूमा अत्याधिक गर्मी हुने सम्भावना यथावत् देखिन्छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको र मधेश प्रदेशसहित पहाडी भू–भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेकाले अत्याधिक गर्मी, मेघगर्जन रचट्याङ तथा वर्षाबाट हुन सक्ने जोखिम वा क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
















अन्नपूर्ण क्षेत्रमा ९ महिनामा साढे दुई लाख विदेशी पर्यटक
२४ घण्टामा दुई हजार २९३ सवारी चालकलाई कारबाही
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै लाखौँ रकम ठगी गर्ने तीन जना पक्राउ
ओमानमाथि नेपालको सानदार जित
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया