यी हुन् वानएक्स बेटमा पक्राउ परेका कलाकारहरू

काठमाडौँ । अनलाइनमार्फत जुवा खेलाउने एप्स वानएक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परेका कलाकारहरू सार्वजनिक भएका छन् ।
पक्राउ पर्नेहरूमा कलाकारहरू बल्छी ध्रुवे भनेर चिनिने मरिचमान श्रेष्ठ र राजु मास्टर भनेर चिनिने राजु पौडेलसहित आठ जना रहेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले कलाकार र युट्युबरहरूलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
अन्य पक्राउ पर्नेहरूमा धनकुटा घर भई भक्तपुर बस्ने २८ वर्षीय ‘म्याकुरी’ पवन खतिवडा, उदयपुर घर भई ललितपुरको टीकाथली बस्ने युट्युबर अलिश राई छन् ।
यस्तै, रोल्पा घर भई कीर्तिपुर बस्ने २४ वर्षीय युट्युबर जलन घर्ती मगर ‘जलन’, मुगु घर भई टीकाथली बस्ने युट्युबर गणेश देवकोटा (जिडी), मोरङ घर भई भक्तपुर ठिमी बस्ने २५ वर्षीय सरोज घिमिरे (ढेडु बुढो) र प्युठान घर भई कलंकी बस्ने भटभटे माइला भन्ने बेगम नेपाली छन् ।
उनीहरूलाई प्रहरीले निगरानी गर्दै आएको थियो । युट्युबमार्फत वानएक्स बेट प्रचारप्रसार गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूले युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गरेको प्रहरीले जनाएको छ ।
बुधबार मात्रै बेटिङका पाँच जना एजेण्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो । उनीहरूले ७४ करोड रुपैयाँ कारोबार गरेको प्रहरीले जनाएको छ ।
















मुस्ताङको मुक्तिक्षेत्रमा फेरि हिमपात
पुराना दललाई रविको चुनौती : जो जो मिल्नु छ मिल, यो सुनामी रोकेर देखाऊ
साफ यु–२० च्याम्पियनसिपको खेल तालिका सार्वजनिक
सामाजिक सञ्जाल सम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय
जापानको सहयोगबाट नेपाल र नेपालीहरू अत्यन्त लाभान्वित भएका छन् : राष्ट्रपति
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
सुदूरपश्चिम प्रदेशका २०६ उम्मेदवार मध्ये १८ महिला : कुन पार्टीका उम्मेदवार ?
माघ १८ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
माघ शुक्ल पूर्णिमा, आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि, हवाई इन्धन सस्तियो
प्रतिक्रिया