सोमबार, चैत २३, २०८२

डलरकाे भाउ बढ्याे, आज कुन देशकाे मुद्रा कतिमा हुँदैछ काराेबार ?

मेरोन्यूज २०८० असार १ गते १०:५३

काठमाडौं। नेपाल राष्ट्र बैंकले  शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

Advertisement
nepal life insurencenepal life insurence

जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।  

नेपाल राष्ट्र बैंकका अनुसार आज डलरको खरिद दर १३१ रूपैयाँ १९ पैसा र बिक्री दर १३१ रूपैयाँ ७९ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रूपैयाँ २ पैसा र बिक्री दर १४२ रूपैयाँ ६७ पैसा रहेको छ।

डलरको खरिद दर १३ पैसा र बिक्रीदरमा १३ पैसाले डलरको भाउ आज बढेको छ । हिजो डलरको खरिद दर १३१ रूपैयाँ ६  पैसा र बिक्रीदर १३१ रूपैयाँ ६६ पैसा रहेको थियो भने युरो एकको खरिद दर १४१ रूपैयाँ ६२   पैसा र बिक्री दर १४२ रूपैयाँ २७ पैसा रहेको थियो । युरो खरिद दर ६० पैसा र बिक्रीदरमा ४० पैसाले युरोको भाउ घटेको छ । 

यस्तै,अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८९ रुपैयाँ २१ पैसा र बिक्रीमूल्य ८९ रुपैयाँ ६२  पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९८ रुपैयाँ ८८ पैसा, बेलायती पाउण्ड एकको खरिद दर १६६ रूपैयाँ २ पैसा र बिक्री दर १६६ रूपैयाँ ७८  पैसामा काराेबार हुने बैंकले जनाएकाे छ ।

उता, जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २९  पैसा र बिक्रीदर ९ रुपैयाँ ३३ पैसामा काराेबार हुनेछ भने दक्षिण केरीया १०० को खरिदमा १० रूपैयाँ  २३ पैसा र बिक्रीदर  १० रूपैयाँ २८ पैसा रहेको छ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९९ पैसा र बिक्री दर ३६ रूपैयाँ १५ पैसा रहेको जनाएकाे राष्ट्र बैंकले मलेसियन रिंगिट एकको खरिद दर २८.३६ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४९ रुपैयाँ, साउदी अरेवियन रियाल एकको खरिदमा ३४ रुपैयाँ ९८ पैसा र बिक्रीमा ३५ रुपैयाँ १४ पैसा तोकिदिएको छ । 

प्रतिक्रिया