भक्तपुरमा ट्राफिक सचेतना कक्षा शुभारम्भ

काठमाडौं । ट्राफिक कारबाहीमा परेकाले जरिवाना तिरेर लिने सचेतना कक्षाका लागि अब काठमाडौँस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ जानु नपर्ने भएको छ ।
ट्राफिक नियम उल्लङ्घन गर्दा हुने सजायस्वरुप तिर्नुपर्ने जरिवाना र लिनुपर्ने ट्राफिक नियमसम्बन्धी सचेतना कक्षा असार ३ गते आइतबारदेखि भक्तपुरममा सञ्चालन हुने भएपछि भक्तपुरवासीलाई सहज हुने भएको छ ।
मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाएको, लेन अनुशासन उल्लङ्घन गरेको, तीव्र गति र रातोबत्ती उल्लङ्घन गरी कारबाहीमा पर्ने चालकलाई ट्राफिक प्रहरीले जरिवानासहित टोकन लिएर एक घण्टा सचेतना कक्षामा सहभागी गराउँदै आएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय भक्तपुरका कार्यालय प्रमुख एवम् प्रहरी निरीक्षक राजु कार्कीले भने, “असार ३ गते आइतबार बिहान काठमाडौँ उपत्यका ट्राफिक प्रहरीप्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरलेले भक्तपुरमा सुरु हुने सचेतना कक्षाको उद्घाटन गर्नु हुनेछ । आइतबार उहाँकै उपस्थितिमा ट्राफिक कारबाहीमा परेका चालकलाई पहिलो सचेतना कक्षा सञ्चालन गरिनेछ ।”
मादक पदार्थ सेवन गरेका बाहेक लेन अनुशासन, रातो बत्ती र तीव्र गतिका कारण कारबाहीमा पर्ने चालक अब जरिवाना तिर्न र सचेतना कक्षा लिन काठमाडौँ जानु नपर्ने भन्दै उनले जरिवानालगायत सचेतना कक्षाको व्यवस्था ट्राफिक कार्यालय भक्तपुरमा गरिएको जानकारी दिए ।
मापसेमा परेकाका हकमा भने उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ नै पुगेर सचेतना कक्षा लिनुपर्ने व्यवस्था कायमै रहेको प्रहरी निरीक्षक कार्कीले बताए । उनले भने, “भोलिदेखि मापसे बाहेकका ट्राफिक नियम उल्लङ्घन गर्नेलाई जरिवाना तिर्न र सचेतना कक्षा लिन भक्तपुरमै व्यवस्था गरिएको छ, यसले चालकलाई पायक पर्ने र समय व्यवस्थापनमा सहज हुने विश्वास लिएका छौँ ।”
जिल्लाबाहिर कारबाहीमा परी सचेतना कक्षा लिनुपर्नेका हकमा पनि निकट भविष्यमै पायक पर्ने जिल्ला रोजेर कक्षा लिन पाइने व्यवस्था मिलाउने तयारी भइरहेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।
















तनहुँमा यसवर्ष ४५ करोड बढीको सुन्तला बिक्री
म्याग्दीको बेनीदेखि भारतको दिल्लीसम्म बस सेवा
Gold and silver prices up again
पाकिस्तानको बलूचिस्तानमा सुरक्षा चुनौती, २५० भन्दा बढी मानिसको मृत्यु
काठमाडौं– ८ का उम्मेदवारको सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धन मुख्य मुद्दा
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
प्रतिक्रिया