सोमबार, मंसिर १५, २०८२

जिम्बावेविरुद्ध नेपालको कीर्तिमानी रेकर्ड

मेरोन्यूज २०८० असार ३ गते १५:३६

काठमाडौँ । आईसीसी एक दिवसीय विश्वकप क्रिकेट छनौटमा नेपालले अहिलेसम्मकै विशाल साझेदारी बनाएको छ ।

यसअघि नेपालको सबैभन्दा ठूलो साझेदारी १३९ रनको थियो । आज भएको खेलमा जिम्बावेविरुद्ध कुशल भुर्तेल र आसिफ शेखले नयाँ रेकर्ड बनाएका हुन् ।

दुई ओपनरले कीर्तिमानी साझेदारी बनाउन ३१.५ ओभर खेल्दा १७१ रन बनाए ।

ओपनर भुर्तेलले ९५ बलमा ९९ रन बनाएर आउट हुुँदा नेपालले १७१ रन बनाएको थियो । यस्तै आसिफले ९६ बलमा ६५ रन बनाएका थिए ।

भुर्तेल आउट भएसँगै आसिफ पनि ६६ रन बनाए आउट भए । उनले सय बलमा ७ चौकाको मद्दतमा ६६ रन बनाए । उनी आउट हुँदा नेपाल दुई विकेटको क्षतिमा १७४ रनको स्थितिमा थियो ।

यसअघि नामिबियाविरुद्ध ज्ञानेन्द्र मल्ल र आसिफ शेखले सबैभन्दा बढी १३९ को साझेदारी खेलेका थिए ।

प्रतिक्रिया