आइतबार, चैत २२, २०८२

ट्रान्समिसन लाइन निर्माणलाई प्राथमिकता नदिए विद्युत आपूर्तिमा समस्या आउँछः घिसिङ

मेरोन्यूज २०८० असार ३ गते १६:४१

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले सरकारले ट्रान्समिसन लाइन निर्माणलाई प्राथमिकता नदिए विद्युत आपूर्तिमा समस्या आउने बताएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

आईतवार प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै निर्देशक घिसिङले विद्युत प्रशारण र वितरण लाइन निर्माणमा राज्यका अन्य कुनैपनि निकायले सहयोग नगरेको भन्दै ट्रान्समिसन लाइन निर्माणलाई प्राथमिकता नदिए विद्युत आपूर्तिमा समस्या आउने बताएका हुन् । उनले बिजुली निर्यात गर्न, आन्तरिक उपभोग बढाउन वा बिजुलीबाट आर्थिक लाभ लिन प्रशारण र वितरण लाइनमा सुधार गर्न आवश्यक रहेको बताए।

निर्देशक घिसिङले प्रशारण र वितरण लाइन निर्माण कार्यलाई सुधार गर्न नसके ऊर्जा क्षेत्रमा लगानी भएको अर्बौं रुपैयाँ जोखिममा पर्ने सम्भावना रहेको बताए । उनले प्रशारण र वितरण लाइन निर्माणमा गर्दा जग्गा प्राप्ति, रुख कटान लगायत समस्याका कारण प्रशारण लाइन निर्माण हुन नसक्दा बिजुली वितरणमा समस्या देखिएको दाबी गरे।

घिसिङले विद्युतसमा सबै निकायहरुको सहयोग नभए देशमा ट्रान्समिसन लाइन बनाउन धेरै ठूलो चुनौति रहेको बताउनु भयो। घिसिङले ट्रान्समिसन लाइन नबने अर्को वर्ष विद्युत व्यवस्थापन गर्नसक्ने सम्भावना नभएको बताएका छन् । उनले हेटौँडादेखि न्युबुटवलसम्मको एमसीसीले बनाउने ४०० केभि लाइन ढिलो भयो भने धेरै विद्युत खेरा जाने बताए ।

निर्देशक घिसिङले ट्रान्समिसन लाइनमा ठूलो लगानी आवश्यक रहेको बताए । उनले अहिले उत्पादित विद्युत खपत गर्न र बाँकी रहेको विद्युत निर्यात गर्नको लागि संरचनामा लगानी गर्न नसके अर्को विस्फोट (डिजास्टर) हुने बताए ।

५ वर्ष भित्र शुरु गरेका आयोजनाहरुको निर्माणमा ४ देखि ५ खर्ब रुपैयाँ आवश्यक पर्ने घिसिङले बताए। उनले पूर्वपश्चिम ट्रान्समिसन, क्रसबोर्डर लाइन र आन्तरिक सवस्टेसनहरु बनाएर काठमाडौंको विद्युत सप्लाई सहज बनाउनको लागि करिव ५० देखि ६० अर्ब रुपैयाँ आवश्यक पर्ने बताए ।

निर्देशक घिसिङले विद्युत बिस्तारका लागिसमग्र मुलुक भरमा करिव ८ खर्बको लगानी आवश्यकता पर्ने देखिएको बताएका छन् ।

उनले प्राधिकरण नाफामा गएर करिव १ खर्ब रुपैयाँ लगानी नगरको भए अहिले मुलुकमा १६ घण्टा लोडसेडिङ कायम रहने अवस्था रहेको बताए ।

प्राधिकरण पछिल्लो ६ वर्षमा १ खर्ब रुपैयाँ लगानी गरेकाले लोडसेडिङ अन्त्य भएको दाबी घिसिङले गरे । उनले लोडसेडिङ विद्युत सप्लाई गरेर मात्रै पनि समाप्त नहुने भन्दै लोडसेडिङ समाप्त गर्नलाई उपभोक्तासम्म जाने सबै बाटो खुला गर्न आवश्यक रहेको बताएका छन् ।

नेपालमा ट्रान्समिसन र सवस्टेसन लाइन बनाउन महँगो भएको भन्दै ४०० केभीको ट्रान्समिसन लाइन बनाउन करिव ४ अर्ब रुपैयाँ लाग्ने अवस्था रहेको उनले बताए ।

प्राधिकरणले सबै जनतालाई विद्युतको पहँुच पु¥याउने भनेर अहिले ९५ प्रतिशत पुगेको भन्दै अब बाँकी ५ प्रतिशतलाई पनि विद्युतको पहँुचमा पु¥याउन लागि रहेको निर्देशक घिसिङले बताए । उनले उर्जा क्षेत्रमा सबैले लगानीको वातावरण बनाइदिन सनसके अब आउने विद्युतलाई राम्रोसँग खपत गर्नसक्ने स्थिति नहुने बताए । विद्युत प्राधिकरणले नाफा कमायो भन्दै प्राधिकरणलाई बजेट चाहिँदैन भन्न नमिल्ने उनकोृ भनाइ छ । उनले पाँच वर्षभित्र करिव २ खर्बको विद्युत निर्यात गर्ने उद्देश्यले लगानी भइरहेको बताए ।

निर्देशक घिसिङले लोडसेडिङ हट्दैमा विद्युतमा लगानी गर्नु पदैन भन्ने कुरा सरकारले गर्न नहुने बताए । उनले लगानी गर्ने क्षेत्रले विद्युतलाई बेवास्था हुने हो भने अर्को समस्या आउने बताए ।

प्रतिक्रिया