असार १६ देखि गिट्टी वालुवा उत्पादन बन्द गर्ने चेतावनी

काठमाडौं । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले असार १६ गतेदेखि देशभर गिट्टी वालुवा उत्पादन कार्य बन्द गर्ने चेतावनी दिएको छ । महासंघले आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै असार १६ गतेदेखि देशभर गिट्टी वालुवा उत्पादन कार्य वन्द गर्ने निर्णय भएको जानकारी दिएको हो ।
महासंघले सरकारले कानून बमोजिम दर्ता भई ईजाजत लिई सञ्चालनमा रहेका क्रसर खानी तथा वालुवा उद्योगहरु असार १५ गतेभित्र नविकरण गर्न निर्देशन माग गरेको छ । पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष सीताराम न्यौपानेले सरकारले विगत १० वर्षदेखि क्रसरका समस्या समाधानको लागि पहल गरे पनि अहिलेसम्म नभएको गुनासो गरे । उनले अवैध क्रसर उद्योग बन्द गर्ने नाममा कानून बमोजिम सञ्चालनमा आएका उद्योगहरु समेत बन्द गरेको बताए ।
अध्यक्ष न्यौपानेले मन्त्री परिषद्ले गत माघ ११ गते दर्ता भई सञ्चालनमा रहेका तर मापदण्ड लगातका कारण नविकरण हुन नसकेका क्रसर उद्योगको हकमा कानून अनुसार लाग्ने कर,दस्तुर,शुल्क लगायत राजश्व लिई २०८० असार मसान्तसम्म यथावत रुपमा सञ्चालन गर्ने निर्णय कार्यान्वयन नभएको बताए । उनले क्रसर उद्योगहरु दर्ता वा राजश्व बुझाउन जाँदा पत्रमा नविकरणको भाषा स्पष्ट नभएको कारण जनाई रकम बुझ्न नमानेको र उद्योगहरु नविकरण समेत नभएको बताए।
सरकारले कानून बमोजिम दर्ता भई ईजाजत लिई सञ्चालनमा रहेका क्रसर खानी तथा बालुवा उद्योगहरु असार १५ गतेभित्र नविकरण गर्न निर्देशन नगरे असार १६ गते देखि देशभरका सम्पूर्ण क्रसर,खानी तथा वालुवा उद्योगहरुको बिक्री वितरण कार्य तथा उत्पादन कार्य ठप्प गरी अनिश्चित कालको लागि बन्द गर्ने अध्यक्ष न्यौपानेले बताए ।
महासंघले कच्चा पदार्थको रुपमा रहेका ढुङ्गा,गिट्टी,वालुवा, उत्खनन कार्य र तिनै कच्चा पदार्थहरु क्रसिङ प्रशोधन गर्नेगरी उद्योग सञ्चालन गर्ने कार्य छुट्टाछुट्टै उद्देश्य रहेको बताएको छ । महासंघले कच्चा पदार्थ उत्खनन कार्यलाई क्रसर उद्योग सञ्चालनसँगै जोडेर मूल्याङ्कन गर्न नमिल्ने भन्दै उत्खनन कार्य स्थानीय सरकारमार्फत क्रसर उद्योग सञ्चालन कार्य उद्योग मन्त्रालयमार्फत व्यवस्थापन गर्ने व्यवस्था गर्न माग गरेको छ ।

















इरानद्वारा इजरायल र अमेरिकी अड्डामा थप आक्रमण
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
हुम्लामा २ रोकायाबिच तिब्र प्रतिस्पर्धा
तबला दिएको फोटो राख्दै ओलीले भने- बालेन बाबु बधाई !
प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी, सूर्य थापा तेस्रो
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
प्रतिक्रिया