आइतबार, चैत २२, २०८२

एनसेलले ल्यायो आकर्षक अनलिमिटेड भ्वाइस प्याकहरू, यसरी लिनुस् सुविधा

मेरोन्यूज २०८० असार ३ गते १७:२१

काठमाडौं । एनसेलका सबै ग्राहकले अब नेपालका कुनैपनि मोबाइल नम्बरमा कल गर्न मिल्ने अनलिमिटेड अल–नेटवर्क र एनसेलकै नम्बरहरुमा कल गर्न मिल्ने अनलिमिटेड टकटाइमका प्याकहरुबाट फाइदा लिन सक्छन्। एनसेल आजियाटा लिमिटेडले ग्राहकहरुको सञ्चार सेवाको आवश्यकतालाई ध्यानमा राख्दै अझै सुलभ दरमा सेवा लिन सकिने गरि तीन अनलिमिटेड भ्वाइस प्याकहरु संचालनमा ल्याएको जनाएको छ।

Advertisement
nepal life insurencenepal life insurence

प्रिपेड र पोष्टपेड दुवै सेवाका ग्राहकले प्रयोग गर्न सक्ने यी अनलिमिटेड टकटाइम रहेका प्याकहरु बिहिबार (जेठ ३२) बाट संचालनमा आएका हुन्। आफ्नो भ्वाइस सेवाको आवश्यकता अनुसार ग्राहकले १ दिने अल–नेट अनलिमिटेड भ्वाइस प्याक, १ दिने अन–नेट अनलिमिटेड भ्वाइस प्याक वा ७ दिने समयासिमा रहेको अन–नेट अनलिमिटेड भ्वाइस प्याक लिन सक्छन्।

१ दिने अल–नेट अनलिमिटेड प्याकअन्तर्गत ग्राहकले करसहित मात्र रु २५ मा बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म नेपालका देशका कुनै पनि मोबाइल नेटवर्कका नम्बरहरुमा अनलिमिटेड भ्वाइस सेवाको फाइदा लिन सक्छन्। ग्राहकहरुले सजिलै एष्ट्रिक्स१७११८एष्ट्रिक्स१एष्ट्रिक्स५ह्यास डायल गरी यो प्याक लिन सक्छन्। त्यसैगरी एष्ट्रिक्स१७११८एष्ट्रिक्स३एष्ट्रिक्स४ह्यास डायल गरी एनसेलका अन्य नम्बरहरुमा २४ घन्टासम्म अनलिमिटेड कल गर्न सकिने १ दिने अन–नेट अनलिमिटेड टकटाइम करसहित मात्र रु ३० मा सुचारु गर्न सक्छन्।

एनसेलका अन्य नम्बरहरुमा कुराकानी गर्नका लागि धेरै टकटाइम आवश्यक भएका ग्राहकले ७ दिन समयावधि रहेको अन–नेट अनलिमिटेड प्याक लिन सक्छन्। यो प्याकको कर सहित रु १५० पर्दछ। ग्राहकले एष्ट्रिक्स१७११८एष्ट्रिक्स४एष्ट्रिक्स३ह्यास डायल गरी यो प्याक सुचारु गर्न सक्छन्।

आफ्ना ग्राहकलाई सुलभ दरमा सेवा प्रदान गर्ने कम्पनीको प्रतिबद्धताअनुसार यी अनलिमिटेड भ्वाइस प्याकहरु ल्याइएको एनसेलले जनाएको छ। अल–नेट होस् वा अन–नेट जुनसुकै नेटवर्कमा सहजै सम्पर्कमा रहिरहन यी प्याकहरुले ठूलो महत्व राख्ने विश्वास एनसेलले राखेको छ।

प्रतिक्रिया