उपप्राध्यापक चलाउनेको समर्थनमा बबरमहल र कीर्तिपुरमा प्रदर्शन

काठमाडौँ । उपप्राध्यापक प्रेमबहादुर चलाउनेको समर्थन र उनको मागमा ऐक्यबद्धता जनाउँदै प्रदर्शन भएका छन् । मंगलबार बिहान बृहत् नागरिक आन्दोलनले काठमाडौं जिल्ला अदालत परिसर अगाडि बबरमहल र प्राध्यापकहरूले त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा प्रदर्शन गरेका हुन् ।
चलाउनेलाई २०७७ असोज २० गते सांघातिक हमला गर्नेहरूलाई मन्त्रिपरिषद्को बैठकले उन्मुक्ति दिने निर्णय गरेको विरोधमा प्रदर्शन गरिएको हो । विश्वविद्यालयलाई हिंसारहित बनाउन र पीडित चलाउनेलाई न्याय दिलाउन नागरिक आन्दोलनका अभियन्ताहरू अदालत परिसरमा जुटेर प्रदर्शन गरेका हुन् । ।
प्रगतिशील प्राध्यापक संगठनले त्रिविको उपकुलपति कार्यालय अगाडि प्रदर्शन गरेको छ । त्यही स्थानमा सोमबार साँझदेखि चलाउनेले अनशन सुरु गरेका छन् ।
चलाउनेलाई न्याय दिन र उनको मागमा ऐक्यवद्धता जनाउन प्रदर्शन गरिएको प्राध्यापक रमेश भट्टराईले जनाकारी दिए ।
सरकारले मुद्दा फिर्ता गर्ने निर्णय गरेपछि चलाउने सोमबार अदालत पुग्दा प्रहरी नियन्त्रणमा लिएर ४ घण्टापछि छाडेको थियो ।
तीन वर्षअघि चलाउनेमाथि आक्रमण गर्नेहरूलाई उम्काउने गरी सरकारले मुद्दा फिर्ता लिने निर्णय गरेको छ । चलाउनेमाथि नेपाल विद्यार्थी संघका कार्यकर्ताले त्रिवि परिषद्को नेपाल बैंक अगाडि आक्रमण गरेर घाइते बनाएका थिए ।
समाजशास्त्रका उपप्राध्यापक चलाउनेलाई नेविसंघ कार्यकर्ता हरि आचार्य र योगेन्द्र रावललगायतले आक्रमण गरेको आरोप छ ।
उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतमा ज्यान मार्ने उद्योगको मुद्दा विचाराधीन रहेकै अवस्थामा सरकारले गत मंगलबार मुद्दा फिर्ता लिने निर्णय गरेको हो ।
















निर्वाचन सुरक्षाका लागि आजदेखि सेना परिचालन गरिदै
बाल सुधारगृह सानोठिमीमा अब बालिका मात्रै राखिने
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
ट्याक्टरबाट खसेर युवकको मृत्यु
निर्वाचनः मुस्ताङमा हिमपातको डर
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
प्रतिक्रिया