सोमबार, वैशाख ७, २०८३

‘आदिपुरुष’को कमाइ ८० प्रतिशतले घट्याे

मेरोन्यूज २०८० असार ५ गते १५:२८

काठमाडौं । विवाद र नकारात्मक ‘माउथ पब्लिसिटी’को प्रभाव प्रभास र कृति सेनन अभिनित फिल्म ‘आदिपुरुष’मा देखिन थालेको छ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

पहिलो सप्ताहन्त राम्रो कमाइ गरेपछि सोमबार एकैदिन फिल्मको कलेक्शन ८० प्रतिशतले घटेको छ । फिल्मले चौथो दिन २० करोड भारु मात्र कमाएको छ ।

बक्स अफिस इन्डियाको रिपोर्ट अनुसार साेमबार फिल्मको हिन्दी संस्करणको कमाइ ८-९ करोड मात्रै रह्यो । यसअघि ‘आदिपुरुष’ले पहिलो दिन १४० करोड र तीन दिनमा ३ सय ४० करोड भारु कमाएको थियो ।

प्रतिक्रिया