बुधबार, माघ २१, २०८२

सुदूरपश्चिमका कानुनमन्त्री सिंह सवार गाडी दुर्घटनामा दुई जनाको मृत्यु

मेरोन्यूज २०८० असार ५ गते १६:३९

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

यस्तै, घाइते भएका कानुनमन्त्री सिंहसहित तीन जनालाई हेलिकप्टरबाट नेपालगञ्ज लगिएको छ ।

बझाङको केदारस्युँ गाउँपालिकामा भएको जीप दुर्घटनामा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजु जानकी सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक दिवेश चौधरीले बताए ।

कानुनमन्त्री पृथ्वीबहादुर सिंहसहित, चालक धर्मराज जोशी र सुरक्षागार्ड दीपक भण्डारीको थप उपचारका लागि हेलिकप्टरमार्फत् नेपालगञ्ज लगिएको हो ।

मन्त्री सिंह चढेको सुदूरपश्चिम प्रदेश ०१–००१ झ ४८० नम्बरको जीप दुर्घटनामा परेको थियो ।

प्रतिक्रिया