अध्यक्ष तिमिल्सिना चीन भ्रमणबाट आज स्वदेश फर्कने

काठमाडौँ । चीनको राष्ट्रिय जनकंग्रेसको निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना आज स्वदेश फर्कदै छन् । नौ सदस्यीय संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा गएका अध्यक्ष तिमिल्सिना दश दिने भ्रमण पूरा गरि स्वदेश फर्कन लागेका हुन् ।
अध्यक्ष तिमिल्सिना नेतृत्वको नेपाली प्रतिनिधिमण्डल चीनको सिचुवान प्रान्तको छेन्दुबाट चार्टड विमान मार्फत आज बिहान ९.२५ बजे पोखरा बिमानस्थलमा आईपुग्ने कार्यक्रम छ । पोखरा विमानस्थलमा पहिलो अन्तराष्ट्रिय उडानका यात्रुका रुपमा आईपुग्ने अध्यक्ष तिमिल्सिना नेतृत्वको प्रतिनिधि मण्डल र उडानमा सवार यात्रुुहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पोखरा विमानस्थलमा स्वागत गर्नेछन् ।
चार्टड गरिएको विमानमा चीनबाट नेपाल–चीन फ्रन्डसीप ड्रागन वोट फेस्टिभलमा सहभागी हुने खेलाडीहरु आउँदैछन् । पोखराको फेवातालमा असार ८ र ९ गते (३–२४ जुन २०२३) मा फेस्टिभल हुँदैछ ।
चीनको सहुलीयतपुर्ण ऋण सहयोगमा निर्माण भएको पोखरा अन्तराष्ट्रिय विमानस्थलमा चीनको सिचुवान एयरलायन्सले पहिलो उडान गर्न लागेको छ । अध्यक्ष तिमिल्सिना र चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लिजीबीच भएको भेटवार्ताका क्रममा सिधा उडानको विषय उठान भएपछि चीनले उडानको तयारी थालेको हो ।
अध्यक्ष तिमिल्सिनाले काठमाण्डौँसहित पोखरा र गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवामा समेत चीनका बिभिन्न शहरबाट सिधा उडान गर्न आग्रह गरेका थिए ।
अध्यक्ष तिमिल्सनाले भ्रमणका क्रममा बेइजिङमा चीनको राष्ट्रिय जनकांग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लिजी, चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनका अध्यक्ष वाङ हुनिङ संग भेटवार्ता गरेका थिए । तिब्बतमा चीनियाँ कम्युनिष्ट पार्टी तिब्बतका पार्टी महासचिव वाङ चेङजुङ र सांघाईमा चीनको सांघाई म्युनिसिपल पिपुल्स कंग्रेस स्थायी समितिका अध्यक्ष डोङ युन्हुले शिष्टाचार भेट गरेका थिए ।
सबै भेटमा नाकामा सहजीकरण, सिधा उडान, भौतिक पुर्वाधार निर्माण सहित द्विपक्षीय सहयोग र सहकार्यका बिभिन्न पक्षमा छलफल भएका थिए ।
यसैगरी अध्यक्ष तिमिल्सिनाले तिब्बतमा जुन १६ र १७ मा आयोजना भएको पाँचौ चीन तिब्बत पर्यटन तथा संस्कृति एक्स्पोलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गरेका थिए । भ्रमणका क्रममा प्रतिनिधिमण्डलले बेइजिङमा बाइदु ग्रुप, स्टेट ग्रिड कर्पोरेसन, संघाईमा साईयाक भोल्क्स्वाजेन न्यु इनर्जी उद्योग, सांघाई योजना प्रर्दशनी केन्द्र मानसरोवर लगायतका स्थलहरुको अवलोकन भ्रमण गरेका छन् ।
चीन भ्रमणमा रहेको प्रतिनिधिमण्डलमा प्रतिनिधि सभाका सदस्यहरु जीवन परियार, धवल शमशेर जंगबहादुर राणा, प्रदीप यादव तथा राष्ट्रिय सभाका सदस्यहरु उदयबहादुर बोहरा, दिपा गुरुङ र हरिराम चौधरी एबम अध्यक्ष तिमिल्सिनाका प्रमुख स्वकीय सचिव गोविन्द पौडेल र संघीय संसद सचिवालयका उपसचिव रामहरि थापा सहभागी छन् ।
















आणविक वार्ताको प्रगतिमा बाधक पश्चिमा भएको इरानको दावी
अमेरिकी इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर भोलि नेपाल आउँदै
वर्तमान परिस्थितिमा निर्वाचनको विकल्प छैनः संयोजक दाहाल
निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
देशलाई विकास र सुशासन चाहिएको छ : लामिछाने
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
आईसीसी टी–२० विश्वकप: श्रीलंकाको विजयी सुरुवात, आयरल्यान्ड पराजित
विदेश पठाउने नाममा ठगी गर्ने पाँच जना पक्राउ
नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
प्रतिक्रिया