विश्वकप छनोटमा नेपालले वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दै

काठमाडौँ । विश्वकप छनोट क्रिकेटमा नेपालले आज बिहबार वेस्ट इन्डिजविरुद्ध प्रतिस्पर्धा गर्दैछ । आजको खेल नेपालको एकदिवसीय मान्यताप्राप्त भएयता टेस्ट राष्ट्रसँगको दोस्रो खेल हो । दुई पटकको एकदिवसीय च्याम्पियन वेस्ट इन्डिजसँग नेपाल पहिलोपल्ट खेल्न लागेको हो ।
एक समय विश्व क्रिकेटको ‘पावर हाउस’ वेस्ट इन्डिज लगातार दोस्रो पटक विश्वकप छनोट खेलिरहेको छ । एकदिवसीय वरीयतामा बंगलादेश र अफगानिस्तानभन्दा पछाडि रहेपछि वेस्ट इन्डिज यो प्रतियोगिता खेल्न बाध्य भएको हो ।
हरारेमा प्रतियोगिताको पहिलो खेलमा नेपालले आयोजक जिम्बावेसँग प्रतिस्पर्धा गरेको थियो, जुन खेल नेपालको टेस्ट राष्ट्रसँग पहिलो खेल पनि थियो । नेपाल त्यो खेलमा ८ विकेटले पराजित भए पनि त्यसपछि अर्को खेलमा अमेरिकालाई ६ विकेटले पराजित गरी विजय यात्रामा फर्किएको छ । नेपालले पछिल्ला २० प्रतियोगितात्मक खेलमा १६ मा विजय हात पारेको छ भने २ खेलमा हार बेहोरेको छ ।
नेपाल विश्वकप लिग २ को पुछारबाट दोस्रो स्थानमा थियो । तर, १२ मध्ये ११ खेल जित्दै नेपाल लिग २ मा तेस्रो भएर सिधै विश्वकप छनोट खेल्न जिम्बावे पुगेको हो । त्यसपछिको एसीसी प्रिमियर कपमा पनि नेपाल अपराजित रहँदै एसिया कपका लागि छनोट भएको थियो । त्यसक्रममा नेपालले ओमान, यूएईको चुनौती पन्छाएको थियो ।
जिम्बावेसँग २ सय ९० रन बनाए पनि नेपाल ४५ ओभरभित्र खेल हार्न पुगेको थियो । वेस्ट इन्डिजले पहिलो खेलमा २ सय ९७ रन बनाउँदै अमेरिकासँगको खेल ३९ रनले जितेको थियो ।
बलिङमा वेस्ट इन्डिज तीव्र गतिका बलरले भरिएको छ । किमो पाल, होल्डर, मेयर्स र अल्जारी जोसेफको तीव्र बलिङ नेपालका लागि चुनौती हुनसक्छ ।
जिम्बावेसँगको पहिलो खेलमा चोट लागेका नेपालका मध्यम गतिका बलर सोमपाल कामीले समूह चरणको खेल गुमाउने भइसकेका छन् । अर्का तीव्र गतिका बलर करण केसीले सानदार बलिङ गर्दै ४ विकेट लिएपछि नेपालले अमेरिकालाई २ सय ७ रनमा अलआउट गरेको थियो ।
















‘स्वदेशमै श्रमको उचित मूल्य र सम्मान प्राप्त नहुँदा विदेशिन बाध्य’
कोलम्बियाको कोइला खानीमा भएको विस्पोटमा ९ जनाको मृत्यु ६ जनाको उद्धार
विद्यार्थीको रुचिअनुसार पठनपाठनमा प्राथमिकता : मुख्यमन्त्री आचार्य
President issues Ordinance on Constitutional Council
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया