हुम्लाको सर्केगार्डमा ९० जनाको मोतियाविन्दुको शल्यक्रिया

हुम्ला । जिल्लाको सर्केगार्डमा ९० जनाले मोतियाविन्दुको निःशुल्क शल्यक्रियाबाट आँखाको ज्योति पाएका छन् ।
तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा जारी प्रेस विज्ञप्तिअनुसार सर्केगार्ड गाउँपालिकामा असार १ र २ गते सञ्चालन गरेको शिविरबाट ४२ महिला र ४८ पुरुष गरी जम्मा ९० जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको हो ।
यस्तै, दुई सय ४४ जनाको आँखाको जाँच गरिएको प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा रीता गुरुङले जानकारी दिए ।
“हुम्लाको मध्य भागमा पर्ने सर्केगार्डमा सिमीकोटबाट दुई दिनको पैदल यात्रापश्चात् हाम्रो टोली यस स्थानमा पुगेको थियो । शिविरमा जिल्लाको ताँजकोट, अदानचुली, चङ्खेली र सर्केगार्डका आँखा बिरामीहरूले सेवा लिनुभएको छ”, उनले भने ।
सर्केगाडका ६८ वर्षीय स्थानीय बैरा फडेराले शल्यक्रियापश्चात् तीन वर्षदेखि गुमेको आँखाको ज्योति फर्किएकामा खुसी व्यक्त गरे ।
अर्का स्थानीय जमकला सार्की विगत दुई वर्षदेखि गुमेको आँखाको दृष्टि पुनः प्राप्त गरेपछि चिकित्सकप्रति आभार प्रकट गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिष्ठान र सर्केगार्ड गाउँपालिकाको संयुक्त आयोजनामा सञ्चालित सो शिविरका लागि सेवा फाउन्डेसनले आर्थिक सहयोग गरेको थियो ।
















देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम, कस्ताे रहला आजकाे माैसम ?
आज २०८२ साल माघ ८ गते बिहीबारको राशिफल
यही माघ १० देखि काठमाडौँ महानगरले सहिद सप्ताह सुरु गर्ने
चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् :चन्द्रप्रसाद ढकाल
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया