गोरखामा भएको जिप दुर्घटनामा ५ को मृत्यु (अपडेट)

काठमाडौं । गोरखामा भएको जिप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।
शहीद लखन गाउँपालिका–५ ताक्लुङबाट शहीद लखन ३ चिलिङकोटस्थित बेहुलीको घरमा गएर टिकाटालो गरेर फर्किंदै गरेको जिप गएराति दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गोरखाका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले दुर्घटनामा पाँच जनाको मृत्यु भएको जानकारी दिए । मृतकको पहिचान खुल्न बाँकी रहेको प्रजिअ भुसालले बताए ।
प्रदेश ३-०१-०२३ च ४४२७ नम्बरको जीप दुर्घटना भएको हो । गोरखा प्रहरी प्रवक्ता डीएसपी लीलाराम लामिछानेले घटनास्थलमा ४ पुरुष र १ महिलाको घटनास्थलमै मृत्यु भएको जानकारी दिए ।
मृत्यु हुनेमा शहीदलखन गाउँपालिका वडा नम्बर ५ का १९ वर्षीय प्रवीण थापा, २८ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय नीरज थापा, १९ वर्षकै नवीना थापा र ६४ वर्षका धनबहादुर थापा रहेका छन् ।
दुर्घटनामा परी १२ जना घाइते भएको गोरखाका प्रहरी नायव उपरीक्षक लामिछानेले जानकारी दिए ।
घाइते पनि सबै जना एकै ठाउँ सहिदलखन गाउँपालिका-५, पोखरीडाँडाका बासिन्दा हुन्।
गोरखा प्रहरीका अनुसार दुर्घटनामा स्थानीय लालु थापा, सुरज राना, नरबहादुर थापा, दोषबहादुर थापा, होमबहादुर राना, सन्दीपा राना, सुरज थापा, चन्द्र थापा, कुलबहादुर राना, लक्ष्मी थापा, मनिका राना र प्रतीक राना घाइते भएका हुन्।
जिप गएराति १ बजेतिर बेहुलीको घरदेखि करिब तीन–चार सय मिटर पर दुर्घटना भएको र जिपमा १८/१९ जना रहेको जानकारी आएको भुसालले बताए ।
प्रहरीले जिप सडकबाट करिब २ सय मिटर तल खसेको जानकारी दिएको छ । उद्धार कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र विपद व्यवस्थापन समितिको टोली खटिएका छन् ।
















Prime Minister working to address public concerns related to health insurance
शरीर बन्धक बनाएको आरोपमा दुई जना पक्राउ
President Paudel departs from Japan
One killed, three injured in road accident
29 days to HoR Elections: More women than men in closed list for proportional representation
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
प्रतिक्रिया