ओखलढुंगामा पहिरोमा परेर एकै घरका ४ जनाको मृत्यु

काठमाडौं । ओखलढुंगामा अविरल वर्षासँगै पहिरोले घर पुरिँदा एकै घरका चार जनाको मृत्यु भएको छ । तम्पादेवी गाउँपालिका–८ विलन्दुमा गएराति रणबहादुर गुरूङको घर पहिराले बगाउँदै परिवारका सबै सदस्य बेपत्ता थिए।
बेपत्ता भएका सबैको शव भेटिएको वडाध्यक्ष खड्ग बरालले जानकारी दिए।
बिहान बाबु रणबहादुर, पत्नी शिवमाया, १८ महिनाकी छोरी कविताको शव भेटिएको थियो। केही बेरअघि छोरा दिनेशको पनि शव फेला परेको बेपत्ता १० वर्षका बालखको पनि शव भेटिएको बरालले जानकारी दिए ।
राति करिब ११ बजेको समयमा बस्तीमाथिबाट आएको पहिरोले गुरुङसँगै स्थानीय बलबहादुर गुरुङ र जरसिंह गुरुङको घर पनि पहिराले पुरिएको ओखलढुंगाका प्रमुख डिएसपी दिपकबहादुर केसीले जानकारी दिए ।
ती दुई घरमा बस्दै आएकाले भने भागेर ज्यान जोगाएका छन् । पहिराले धनमाल र पशु चौपायको क्षति भने यकिन हुन सकेको छैन ।
वडाध्यक्षको अनुसार घनाबस्ती रहेको गाउँको सिरानबाट पहिरो चलेको छ। पहिराले अरू घरमा पनि क्षति पुर्याएकाको छ ।
















Prime Minister working to address public concerns related to health insurance
शरीर बन्धक बनाएको आरोपमा दुई जना पक्राउ
President Paudel departs from Japan
One killed, three injured in road accident
29 days to HoR Elections: More women than men in closed list for proportional representation
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया