मंगलबार, चैत २४, २०८२

प्रतिनिधि सभामा आजबाट मन्त्रीहरूले बजेटमा सांसदले उठाएका प्रश्नको जवाफ दिने

मेरोन्यूज २०८० असार १० गते ६:४५

काठमाडौं । प्रतिनिधि सभा बैठकमा आजबाट मन्त्रीहरूले बजेटमा सांसदहरूले उठाएका प्रश्ननको जवाफ दिँदैछन् ।

Advertisement
nepal life insurencenepal life insurence

संघीय संसद् भवन, नयाँ वानेश्वरमा बिहान ११ः०० का लागि बोलाइएको संसद् बैठकमा सबैभन्दा पहिला विनियोजन विधेयक २०८० अन्तर्गत उपराष्ट्रपति कार्यालयसम्बन्धी बजेटबारे छलफल हुनेछ।

त्यसपछि आजैबाट सांसदहरूले विनियोजित बजेटबारे सांसदले सोधेको प्रश्नको जवाफ मन्त्रीहरूले दिने कार्यको सुरुवात हुनेछ ।

जसअनुसार गृह, वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, शहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, भौतिक पूर्वाधार तथा यातायात र सञ्चार तथा सूचना प्रविधि मन्त्रीले विनियोजन विधेयक २०८० अन्तर्गत मन्त्रालयगत छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम आजको बैठकमा राखिएको संघीय संसद् सचिवालयले जारी गरेको संसद्को संम्भावित कार्यसूचीमा उल्लेख छ ।

गत असार ८ गतेको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, गृह, रक्षा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकहरूमाथिको छलफल सकिएको थियो ।

प्रतिक्रिया