ओलीले नेपाली क्रिकेट टिमसँग नेपाल फर्केपछि सँगसँगै खाना खानेगरि भेट्ने

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकदिवसीय विश्वकपको छनोट चरणबाट बाहिरिएको नेपाली राष्ट्रिय क्रिकेट टोलीसँग नेपाल फर्केपछि सँगै खाना खानेगरी भेट्ने बताएका छन् ।
ओलीले नेपाली टोलीले खेलको परिणाम दिन नसके पनि मेहनत कमजोर नभएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा ओलीले लेखेका छन्, ‘परिणाम हामीले सोचेजस्तो नभए पनि नेपाली टिमको मेहनत कमजोर थिएन। मेहनतका लागि धन्यवाद नेपाली क्रिकेट टिम । नेपाल फर्केपछि सँगसँगै खाना खानेगरि भेटौँला।’
ओलीले मेहनत जननी भएको र परिणाम शिशु भएको पनि फेसबुक स्ट्याटसमा उल्लेख गरेका छन् । कहिलेकाँही मेहनत गर्दागर्दै परिणाम आएन भनेर निराश हुन नहुने ओलीले उल्लेख गरेका छन् ।
‘मेहनत जननी हो भने परिणाम शीशु। कहिलेकाहीं मेहनतका बावजूद पनि परिणाम प्राप्त नहुन सक्छ। यसबाट निराश हुनु हुँदैन,’ ओलीले लेखेका छन् ।
एउटा असफलता यात्राको अन्त्य नभएको ओलीले बताएका छन् । ‘एउटा असफलता यात्राको अन्त्य होइन, हाम्रो यात्रा जारी छ,’ ओलीले लेखेका छन् ।
















राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यात्रुको सुरक्षा सुनिश्चित गर्न निर्देशन
‘स्वदेशमै श्रमको उचित मूल्य र सम्मान प्राप्त नहुँदा विदेशिन बाध्य’
कोलम्बियाको कोइला खानीमा भएको विस्पोटमा ९ जनाको मृत्यु ६ जनाको उद्धार
विद्यार्थीको रुचिअनुसार पठनपाठनमा प्राथमिकता : मुख्यमन्त्री आचार्य
President issues Ordinance on Constitutional Council
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया