दुर्घटनामा मृत्यु भएका गिरीका परिवारले दिए चालकविरूद्ध जाहेरी

काठमाडौं । स्याङ्जाको चापाकोट नगरपालिकाका पूर्वनगर प्रमुख शिवकुमार गिरीका परिवारले चालकविरूद्ध जाहेरी दिएका छन् । गिरीको गाडी दुर्घटनामा परी असार दुई गते मृत्यु भएको थियो ।
दुर्घटनामा परी मृत्यु भएको नभई गिरीको हत्या भएको र त्यसमा गाडीका चालकको संलग्नता रहेको भन्दै परिवारले चालक सुरज नेपालीविरूद्ध जाहेरी दिएका हुन् ।
गिरीका भाई बलरामले जिल्ला प्रहरी कार्यालय स्याङ्जा पुगेर गाडीचालक नेपालीविरूद्ध जाहेरी दर्ता गरेका हुन् ।
पुतलीबजारबाट स्याङ्जा बजार आउँदै गरेको बा १५ च म १७०९ नम्बरको स्कारपिओ पुतलीबजार नगरपालिका १० बर्जामा अनियन्त्रित भइ दुर्घटना हुँदा त्यसमा सवार ६० वर्षीय गिरीको निधन भएको थियो।
दुर्घटनापछि प्रहरीले चालक नेपालीलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो।
त्यसक्रममा उनले गाडी चलाउँदा चलाउँदै निदाउन पुगेपछि दुर्घटना भएको बन्ने बयान दिएका थिए । बलरामले जाहेरीमा घटनाको निष्पक्ष छानबिनको माग गरेका छन्।
















Prime Minister working to address public concerns related to health insurance
शरीर बन्धक बनाएको आरोपमा दुई जना पक्राउ
President Paudel departs from Japan
One killed, three injured in road accident
29 days to HoR Elections: More women than men in closed list for proportional representation
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया