सरकारले चितवनमा निर्माणाधीन क्रिकेट रंगशालाको स्वामित्व ग्रहण गर्छ : मन्त्री लिम्बु

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले सरकारले चितवनमा निर्माणाधीन क्रिकेट रंगशालाको स्वामित्व ग्रहण गर्ने बताएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री लिम्बुले सरकारले चितवनमा ‘धुर्मुस सुन्तली फाउण्डेसन’ले निर्माण शुरु गरेको क्रिकेट रंगशालाको स्वामित्व ग्रहण गर्ने बताएका हुन् ।
‘धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण प्रक्रिया अगाडि बढाएको रंगशालाको निर्माण कार्य अधुरो छ, अत्यन्त जटिल समस्याग्रस्त छ,’ उनले भने, ‘यो विषयमा सरकारले सम्बोधन गर्ने र यसको स्वामित्व ग्रहण गरेर बाँकी काम सम्पन्न गर्ने गरी प्रक्रिया अगाडि बढिरहेको छ ।’
उनले स्वामित्व ग्रहणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको बताए । सरकारले स्वामित्व ग्रहण गरेपछि यसको निर्माणका लागि बजेट व्यवस्थापन गर्ने उनको भनाइ थियो ।
उनले विद्यालयमा बालबालिकाको लागि खेलकुद प्रतियोगिता आयोजना गर्न सबै स्थानीय तहमा बजेट विनियोजन गरिएको बताए ।
यस्तै खेलकुद गतिविधि सञ्चालन गर्न सय वटा खेलकुद संघहरूलाई २ लाख ५० हजारको दरले अनुदान दिने गरी बजेट व्यवस्थापन गरिएको बताए ।
















राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यात्रुको सुरक्षा सुनिश्चित गर्न निर्देशन
‘स्वदेशमै श्रमको उचित मूल्य र सम्मान प्राप्त नहुँदा विदेशिन बाध्य’
कोलम्बियाको कोइला खानीमा भएको विस्पोटमा ९ जनाको मृत्यु ६ जनाको उद्धार
विद्यार्थीको रुचिअनुसार पठनपाठनमा प्राथमिकता : मुख्यमन्त्री आचार्य
President issues Ordinance on Constitutional Council
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया