काठमाडौं र भरतपुरमा गत वर्ष भन्दा बढेर आयो बजेट
काठमाडौंमा १४ करोड, भरतपुरमा १० करोढ ७० लाख बढेर बजेट आएको छ

काठमाडौं । स्थानीय तहहरुले आगामी आर्थिक बर्षका लागि आइतबार वजेट सार्वजनिक गरेका छन् । उनीहरुले मुलुकको समग्र अर्थतन्त्रका समस्या एवम् चुनौतीको परिस्थितिलाई आत्मबोध गर्दै महानगरपालिका भित्रको आर्थिक, सामाजिक र पूर्वाधार क्षेत्रको क्षेत्रमा केन्द्रीत रहेर बजेट बिनियोजन गरेका हुन् ।
नेपालको संविधान, प्रचलित कानून, दिगो बिकासका लक्ष्य, नगरसभाबाट पारित आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम एवम् संघ र प्रदेश सरकारले अवलम्बन गरेका नीति, कार्यक्रम तथा बजेट समेतलाई आधार मानी स्थानीय तहहरुले बजेट सार्वजनिक गरेका हुन् ।
काठमाडौं महानगरले चालु आर्थिक वर्षको भन्दा झण्डै १४ करोडले बढी बजेट ल्याएको छ । भरतपुर महानगरपालिकाले पनि बजेट बढाएर ल्याएको छ । चालु आर्थिक वर्षभन्दा १० करोड ७० लाख १७ हजार रुपैयाँ बढीको बजेट भरतपुर महानगरपालिकाले ल्याएको छ ।
काठमाडौं महानगरको बजेट
काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०र८१ का लागि रु २५ अर्ब ५४ करोड ७८ लाख २० हजारको बजेट विनियोजन गरेको छ । महानगरका उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक सुनिता डङ्गोलले सार्वजनिक गरेको बजेटमा चालुतर्फ रु आठ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पुँजीगततर्फ रु १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार बजेट बिनियोजन गरिएको छ ।
कामपाले चालु आवका लागि रु २५ अर्ब ४१ करोड ९६ लाख ९६ को बजेट विनियोजन गरेको थियो । चालु अवाको तुलनामा आगामी आवको बजेट करिब रु १४ करोडले बढी हो ।
आगामी आवको बजेटमा स्वास्थ्य, शिक्षालाई र पूर्वाधारलाई प्राथमिता साथ बजेट विनियोजन गरिएको छ । जसअन्तर्गत पूर्वाधारमा सबैभन्दा धेरै रु सात अर्ब ३४ करोड ६४ लाख ७१ हजार, शिक्षामा रु एक अर्ब ३२ करोड र स्वास्थ्यमा रु ९२ करोड ६६ लाख ४४ हजार बजेट विनियोजन गरिएको छ । बजेटमा भौतिक पूर्वाधार विकास, फोहरमैला व्यवस्थापन, लैङ्गिक समानता र सामाजिक समावेशीकरण, भाषा, संस्कृति तथा सम्पदा संरक्षण र प्रवद्र्धनजस्ता विषयले समेटिएका छन् ।
आगामी आर्थिक वर्षका लागि महानगरलाई सङ्घीय सरकारबाट रु दुई अर्ब १४ करोड ३१ लाख प्राप्त भएको छ । कामपाले १० विषयगत क्षेत्रका महानगर गौरवको योजनाका लागि रु तीन अर्ब ८० करोड विनियोजन गरेको छ ।
भरतपुर महानगरपालिका
चितवनको भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को लागि ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार रूपैयाँको बजेट प्रस्तुत गरेको छ ।
आइतबार बसेको नगरसभा बैठकमा महानगर उपप्रमुख चित्रसेन अधिकारीले उक्त बजेट प्रस्तुत गरेका हुन् । यसका लागि आन्तरिक आय १ अर्ब ७५ करोड, अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट प्राप्त १ अर्ब ८३ करोड ९९ लाख ७५ हजार केन्द्र तथा बागमती प्रदेश सरकारको राजस्व बाँडफाँटबाट ५४ करोड ८० लाख १५ हजार जनसहभागिताबाट ५० करोड, बैंक मौज्दात १ अर्ब ६५ करोड र सडक बोर्डबाट ३ करोड रहने बजेटले स्रोतको रुपमा लिएको छ ।
यो महानगरपालिकाले चालु आर्थिक वर्षभन्दा १० करोड ७० लाख १७ हजार रुपैयाँ बढाएर बजेट ल्याएको हो ।
शहरी पूर्वाधार, भूउपयोग तथा वस्तीविकास र अधुरा योजनाहरुको निरन्तरता, कृषि तथा पशुपालन, शिक्षा विकास, नियमित सडक मर्मत सम्भार, स्वास्थ्य सेवा, वातावरण, सरसफाई एवम् हरियाली निर्माण, सूचना प्रविधि तथा डिजिटल प्राणालीको उपयोग, सहकारी तथा रोजगार प्रवद्र्धन, पर्यटन तथा उद्योग र वाणिज्य प्रवद्र्धन जस्ता कार्यक्रमलाई भरतपुर महानगरले प्राथमिकतामा राखेर बजेट बिनियोजन गरेको छ ।
















किम्बु बिरुवाको माग बढ्दो
केही भूभागमा चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना
विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र अनिवार्य रुपमा राख्न अनुरोध
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
व्यवसायी सुलभ अग्रवाल पनि पक्राउ
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
प्रतिक्रिया