नक्कली शरणार्थी प्रकरणमा मुछिएका फरार एक जना पक्राउ

काठमाडौँ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन खोजेको आरोपमा थप एक जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँले आज दिउँसो मण्डिखाटारबाट आशिष बुढाथोकीलाई पक्राउ गरेको हो । बुढाथोकी फरार हुँदै आएका थिए ।
प्रहरी परिसर काठमाडौँका अनुसार शरणार्थी बनाउने भन्दै गिरोहले संकलन गरेको रकम बुढाथोकीको बैंक खातामा पनि जम्मा भएको भेटिएको थियो ।
यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित ३० जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले अदालतमा मुद्दा चलाएको थियो ।
फरार १२ मध्येका बुढाथोकी पनि हुन् । पूर्वगृहमन्त्री थापाका छोरा प्रतीक, इन्द्रजित राईका छोरा निरजसहित ११ जनाको खोजी कार्य जारी छ ।
















निर्वाचन सुरक्षाका लागि आजदेखि सेना परिचालन गरिदै
बाल सुधारगृह सानोठिमीमा अब बालिका मात्रै राखिने
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
ट्याक्टरबाट खसेर युवकको मृत्यु
निर्वाचनः मुस्ताङमा हिमपातको डर
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
अमेरिकी विशेष दूतको भेनेजुएला भ्रमण, द्विपक्षीय वार्ता अघि बढ्ने
प्रतिक्रिया