झापामा ट्रक र कार ठोक्किँदा बाबुछोरीको मृत्यु
मेरोन्यूज
२०८० असार १२ गते ९:४६

झापा जिल्लामा पर्ने पूर्वपश्चिम राजमार्गको शिवसताक्षी–९ स्थित भालुखोलामा ट्रक र कार ठोक्किँदा कारमा सवार बाबुछोरीको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ गइरहेको प्र १–०२–०० क ३८७९ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको प्र १–०१–०० च ७४८२ नम्बरको कार एकापसमा ठोक्किँदा बाबुछोरीको मृत्यु भएको हो ।
मृत्यु हुनेमा कारमा सवार मोरङ उर्लाबारी नगरपालिका–६ बस्ने ४५ वर्षीय गुरुचन चौधरी र उनकै छोरी १८ वर्षीया कुमकुम चौधरी रहेको प्रहरीले जनाएको छ ।
गुरुचनको छोरा १० वर्षीय विवेक चौधरी, रतुवामाई नगरपालिाका–१० का १९ वर्षीय रिकेश न्यौपाने, उर्लाबारी–७ का ४० वर्षीया मुना साह घाइते भएको झापा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिए ।
उनका अनुसार घाइतेको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।
सम्बन्धित
















निर्वाचन सुरक्षाका लागि आजदेखि सेना परिचालन गरिदै
बाल सुधारगृह सानोठिमीमा अब बालिका मात्रै राखिने
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
ट्याक्टरबाट खसेर युवकको मृत्यु
निर्वाचनः मुस्ताङमा हिमपातको डर
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
कांग्रेसमा अब कुनै गुट छैनः प्रदेश सभापति शर्मा
प्रतिक्रिया