सिरहाकाे हुलाक कार्यालयमा कर्मचारीले लगाए ताला

सिरहा। सरकारले जारी गरेको २०८०/०८१ बजेट वक्तव्यमा अतिरिक्त हुलाक कार्यालय खारेजीको घोषणा भएपछि सिरहाका हुलाक कर्मचारीहरु आन्दोलित भएका छन्।
हुलाकलाई व्यवस्थापन गरी आफ्नो पेसाको सुरक्षा ग्यारेन्टी गर्न माग गर्दै आइरहेका अतिरिक्त हुलाकका कर्मचारीहरुले माग सुनुवाइ नभएको भन्दै जिल्लास्थित हुलाक कार्यालयमा तालाबन्दी गरेका हुन्।
हुलाक कर्मचारीहरुले ‘अतिरिक्त हुलाक खारेजको निर्णय फिर्ता गर, लामो समयदेखि कार्यरत कर्मचारी खारेज गर्न पाइँदैन, हुलाकको संरचना खारेज हैन यसको सेवाको पुनर्स्थापना गर’ लगायतका प्लेकार्डसहित नाराबाजी गर्दै सिरहाबजार परिक्रमा गरेका थिए। परिक्रमापछि आन्दोलनरत कर्मचारीहरुले जिल्ला हुलाक कार्यालयमा तालाबन्दी गरेका हुन् ।
सरकारले अतिरिक्त हुलाक कार्यालयमा कार्यरत कर्मचारीहरुलाई पुरै जीवन सेवामा व्यतित गरेपनि कुनै सुविधा निश्चित नगरी खारेज गर्न खोजिएको अतिरिक्त हुलाक कर्मचारी एशोसिएसनका जिल्ला अध्यक्ष रमेश श्रेष्ठले बताए। ‘२०३४ सालमा स्थापना भएको अतिरिक्त हुलाक कार्यालय स्थापनाको ४६ वर्षसम्म सेवा गरेका कर्मचारलाई विना सेवासुविधा निकाल्नु अति नै दुःखद कुरा हो,’ श्रेष्ठले भने ।


















निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिलहुन्छ-अध्यक्ष ढकाल
मौसम पूर्वानुमान: आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बुधबारका लागि कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया