ललिता निवास प्रकरणः पक्राउ परेका तीन जना रिहा
मेरोन्यूज
२०८० असार १२ गते १९:३९

काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा आज पक्राउ परेका तीन जनालाई प्रहरीले रिहा गरेको छ ।
रिहा हुनेहरूमा पूर्वसहसचिव कलाधर देउजा, पूर्वउपसचिव हुपेन्द्रमणि केसी र सुरेन्द्र कपाली रहेका छन् । उनीहरूलाई पक्राउ गरिएको केही घण्टामा कागज गरेर रिहा गरिएको हो ।
गत साउन १९ गते सर्वोच्च अदालतले उनीहरू तीनै जनालाई पक्राउ नगरी हिरासत बाहिरै राखेर अनुसन्धान गर्न अन्तरिम आदेश दिएको थियो । उनीहरूलाई हिरासतबाहिरै राखेर अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।
जग्गा प्रकरणमा प्रहरीले आज मंगलबार सात जनालाई पक्राउ गरेको थियो । जसमध्ये निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका संचालक मिनबहादुर गुरुङ, धर्मप्रसाद गौतम र गोपाल कार्की हिरासतमा छन् ।
सम्बन्धित
















म्याग्दीको बेनीदेखि भारतको दिल्लीसम्म बस सेवा
Gold and silver prices up again
पाकिस्तानको बलूचिस्तानमा सुरक्षा चुनौती, २५० भन्दा बढी मानिसको मृत्यु
काठमाडौं– ८ का उम्मेदवारको सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धन मुख्य मुद्दा
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
प्रतिक्रिया