बक्र इद पर्वले राष्ट्रिय एकतालाई थप सबल बनाउँछ : अध्यक्ष अन्सारी

काठमाडौँ । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले इद–उल अजहा (बक्र इद) पर्वले राष्ट्रिय एकता, अखण्डता, आपसी मित्रता र धार्मिक सहिष्णुतालाई थप सबल र सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन् ।
इद–उल अजहा (बक्र इद) का अवसरमा शुभकामना व्यक्त गर्दै अध्यक्ष अन्सारीले यो पर्वले विकासको मार्गमा अघि बढ्न र ‘समृद्ध नेपाल र सुखी नेपाली’को परिकल्पना साकार पार्ने प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गरेका छन् । १४४४ जिल–हिज्जाको १० तारिखमा मुस्लिम समुदायले मनाउने इद–उल अजहा (बक्र इद) हर्षोल्लासमय वातावरणमा तीन दिनसम्म मनाइने ठूलो चाड हो ।
यस चाडका अवसरमा आपसी रिस, राग र द्वेषलाई बिर्सेर एकआपसमा खुसी, सद्भाव तथा शुभकामना आदानप्रदान गरी मनाउने गरिन्छ । यस पर्वमा बिहान सबेरै उठेर स्नान गरी शुद्ध हुने र खुला स्थान, इदगाहा वा मस्जिदमा गई इद–उल अजहाको नमाज पढ्ने र एकआपसमा अङ्गालोमा बाँधिएर शुभकामना आदानप्रदान पछि आआफ्नो घरमा गई कुर्वानी गर्ने गरिन्छ ।
















अष्ट्रेलियाको विन्डम सिटी र गोदावरी नगरपालिकाबीच ‘मित्रता शहर’ सम्झौता
अनधिकृत लिङ्क नखोल्न सीआईबीको आग्रह
निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिलहुन्छ-अध्यक्ष ढकाल
मौसम पूर्वानुमान: आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बुधबारका लागि कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया