हेटौँडा अस्पताललाई ८८ लाख रुपैयाँको सामग्री हस्तान्तरण

काठमाडौँ । मदन भण्डारी स्वाथ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गरेको हेटौँडा अस्पतालका लागि रोटरी क्लब मकवानपुरले ८८ लाख ६० हजार रुपैयाँ बराबरको मुटु रोगको उपचारसम्बन्धी विभिन्न सामग्री हस्तान्तरण गरेको छ ।
जिल्लामा नै मुटु रोगसम्बन्धी उपचार गराउने उद्देश्यले क्लबले अस्पताललाई उक्त उपकरण खरिद गरी हस्तान्तरण गरेको हो ।
उपकरण उपलब्ध भएपछि मुटुसम्बन्धी रोगको उपचारका लागि अब जिल्ला बाहिर जानु नपर्ने प्रतिष्ठानका रजिष्टार राजेश प्रसाइले बताए ।
क्लबले अस्पतालका लागि टिएमटी स्क्यान, इसिजी मेसिन, होल्टर सिस्टम मेसिनलगायत सामग्री हस्तान्तरण गरेको उनले जानकारी दिए ।
अस्पतालको सेवामा थप थप प्रभावकारी बनाउने उद्देश्यले सामग्री हस्तान्तरण गरिएको रोटरीका अध्यक्ष कृष्ण कार्कीले बताए ।
सामाग्री हस्तान्तरण कार्यक्रममा हेटौँडा अस्पतालका प्रमुख डा रामचन्द्र सापकोटा, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्टलगायतको उपस्थिति थियो ।
















देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम, कस्ताे रहला आजकाे माैसम ?
आज २०८२ साल माघ ८ गते बिहीबारको राशिफल
यही माघ १० देखि काठमाडौँ महानगरले सहिद सप्ताह सुरु गर्ने
चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् :चन्द्रप्रसाद ढकाल
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया