स्वास्थ्य मन्त्री बस्नेतद्वारा बनेपाको आँखा अस्पताल निरीक्षण
मेरोन्यूज
२०८० असार १४ गते १७:०८

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बिहीबार बनेपा ६ स्थित रेयुकाई एईको मासुनागा आँखा अस्पतालको निरीक्षण गरेका छन् ।
निरीक्षणका क्रममा मन्त्री बस्नेतले अस्पतालले प्रदान गरिरहेको आँखा उपचार सेवाका बिषयमा जानकारी लिएका हुन् । उनले उपचारका लागि आएका विरामी र उनीहरुका आफन्तसँग उपचार सेवाका विषयमा कुराकानी समेत गरेका थिए ।
स्पतालले स्वास्थ्य विमा कार्यक्रम मार्फत पनि उपचार प्रदान गरिरहेको अस्पताल सञ्चालक समितिका महासचिव हीरामणी शर्माले मन्त्री बस्नेतलाई जानकारी दिएका थिए ।
मन्त्री बस्नेतले समुदायमा सर्वसुलभ रुपमा आँखा उपचार सेवा प्रदान गर्न अस्पताल सञ्चालक समितिका सदस्य र अस्पतालका स्वास्थ्यकर्मीलाई सल्लाह दिएका थिए ।
सम्बन्धित
















रोल्पा जिप दुर्घटना : १७ जनाको मृत्यु
हुम्लामा पनि डेङ्गुका बिरामी फेला
संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले सिन्धुली घटनाबारे छानबिन माग गर्दे सभामुखसमक्ष बुझाए ज्ञापनपत्र
विद्युत् प्राधिकरणको ‘डिजिटल पूर्वाधार कम्पनी’ सञ्चालनमा
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
प्रतिक्रिया