स्वास्थ्य मन्त्री बस्नेतद्वारा बनेपाको आँखा अस्पताल निरीक्षण
मेरोन्यूज
२०८० असार १४ गते १७:०८

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बिहीबार बनेपा ६ स्थित रेयुकाई एईको मासुनागा आँखा अस्पतालको निरीक्षण गरेका छन् ।
निरीक्षणका क्रममा मन्त्री बस्नेतले अस्पतालले प्रदान गरिरहेको आँखा उपचार सेवाका बिषयमा जानकारी लिएका हुन् । उनले उपचारका लागि आएका विरामी र उनीहरुका आफन्तसँग उपचार सेवाका विषयमा कुराकानी समेत गरेका थिए ।
स्पतालले स्वास्थ्य विमा कार्यक्रम मार्फत पनि उपचार प्रदान गरिरहेको अस्पताल सञ्चालक समितिका महासचिव हीरामणी शर्माले मन्त्री बस्नेतलाई जानकारी दिएका थिए ।
मन्त्री बस्नेतले समुदायमा सर्वसुलभ रुपमा आँखा उपचार सेवा प्रदान गर्न अस्पताल सञ्चालक समितिका सदस्य र अस्पतालका स्वास्थ्यकर्मीलाई सल्लाह दिएका थिए ।
सम्बन्धित
















देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम, कस्ताे रहला आजकाे माैसम ?
आज २०८२ साल माघ ८ गते बिहीबारको राशिफल
यही माघ १० देखि काठमाडौँ महानगरले सहिद सप्ताह सुरु गर्ने
चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् :चन्द्रप्रसाद ढकाल
यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया