ललिता निवासको जग्गा प्रकरण
बमकाण्डमा जन्मकैदको सजाय काटिरहेका सञ्जय ‘टक्ला’ पनि छानबिनमा

काठमाडौँ । पूर्वराज्यमन्त्री सञ्जय साह ‘टक्ला’ पनि ललिता निवासको जग्गा हिनामिना काण्डमा मुछिएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले टक्ला भौतिक योजना तथा निर्माण राज्यमन्त्री हुँदा जग्गा हिनामिनासम्बन्धी फाइलमा हस्ताक्षर गरेको फेला परेपछि छानबिन थालेको हो ।
०६६ मा बालुवाटारस्थित विशिष्ट व्यक्तिको परिसर विस्तारका नाममा विभिन्न निर्णय भएका थिए । त्यससम्बन्धी फाइल टक्लाले पनि सदर गरी निर्णयका लागि अघि बढाएको पाइएको सिआइबीले जानकारी दिएको छ ।
टक्लाले फाइलमा कुनै राय भने नदिएका आधारमा यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो । विभागीय मन्त्री विजयकुमार गच्छदारविरुद्ध भने आयोगले मुद्दा चलाएको थियो । मुख्य निर्णयमा सञ्जयको संलग्नता नदेखिएको र पछि सहायक प्रस्ताव मन्त्रिपरिषद्मा लैजाँदा भने उनले पनि राय लेखेका थिए ।
जस आधारमा उनी पनि यस प्रकरणमा छानबिनमा रहेको सिआइबीका यस प्रकरणको अनुसन्धान गरिरहेका एक अधिकृतले जानकारी दिए । त्यही आधारमा पूर्वगृहसचिव नारायणगोपाल मलेगो पनि छानबिनमा छन् । मलेगो त्यतिवेला भौतिक मन्त्रालयका सहसचिव थिए ।
टक्ला जनकपुरधामको सञ्चार उद्यमी अरुण सिंघानिया हत्या काण्ड र पाँच जनाको मृत्यु हुनेगरी गराइएको जनकपुर रामानन्द चोक बम काण्डमा संलग्न रहेको देखिएपछि अहिले जेलमा जन्मकैदको सजाय भोगिरहेका छन् । जनकपुर उच्च अदालतले टक्लालाई ५ असोज २०७९ मा जन्मकैदको फैसला सुनाएको थियो ।
रामानन्द चोकमा २०६९ साल बैशाख १८ गते भएको शक्तिशाही बम विष्फोट काण्डमा हत्या तथा हत्या प्रयासमा टक्काविरुद्ध जिल्ला अदालतले सुनाएको फैसला उच्च अदालतले सदर गरेको हो ।

















६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
मध्यपूर्वी द्वन्द्व चर्किँदै, सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सर्न आग्रह
राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीले गराइन् निर्वाचनबारे जानकारी
निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष
तनहुँ जलविद्युत् आयोजनाद्वारा ९२ योजना सम्पन्न
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह
प्रतिक्रिया