झापामा जंगली हात्तीले कुल्चेर वृद्धाको मृत्यु
मेरोन्यूज
२०८० असार १८ गते ८:१७

झापा । झापाको मेचीनगर नगरपालिका–१० मा बिहान जंगली हात्तीले कुल्चेर वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८० वर्षीया पन्नादेवी साह रहेको वडा नम्बर १० का वडाध्यक्ष नारायण खनालले जानकारी दिए ।
पूजा गर्न फूल टिप्न हिँड्ने क्रममा आज बिहान साहलाई सडकमा हात्तीले कुल्चेर मारेको उनले जानकारी दिए । सिलगुढी निवासी उनी एक वर्षअघिदेखि छोरीको घरमा बस्दै आएकी थिइन् ।
झापामा छ दिनअघि मात्र जंगली च्याउ टिप्ने क्रममा हल्दिबारी गाउँपालिका–२ मा ५३ वर्षीय गिरेन कर्मकारलाई जंगली हात्तीले किल्चेर मारेको थियो ।
डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले चालु आर्थिक वर्षमा मात्र जिल्लामा हात्तीको आक्रमणबाट आठ जनाको ज्यान गएको जानकारी दिए ।
सम्बन्धित
















SAARC Secretary General pays courtesy call on Minister Khanal
४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
प्रतिक्रिया