मंगलबार, चैत २४, २०८२

प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा

मेरोन्यूज २०८० असार १८ गते १२:३८

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले केही संस्थापक शेयरधनीहरुको शेयर बिक्रीमा ल्याएको छ । बैंकले बिक्रीमा ल्याएको सो शेयरमा आजदेखि जो कोही व्यक्ति, संस्थाहरुले खरिद आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

बैंकले जेठ १० गते विद्यमान संस्थापक शेयरधनीहरुलाई ३५ दिने सूचना प्रकाशित गरेको थियो । सो समयमा कुनै पनि विद्यमान संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेकोले आजदेखि सर्वसाधारण तथा संस्थापक शेयरधनी दुवैले आवेदन दिन सक्नेछन् ।

उक्त शेयर खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाहरुले सूचना प्रकाशित मितिले १५ दिन भित्र कम्पनी सचिवको कार्र्यालयमा आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया