दुई लघुवित्तको शेयर कारोबार १५ दिन रोक्का रहने
मेरोन्यूज
२०८० असार १८ गते १२:५६

काठमाडौं । साना किसान विकास र आरएमडीसी लघुवित्तको शेयर कारोबार १५ दिन रोक्का रहने भएको छ । दुबै संस्थाहरु एक आपसमा मर्ज भई यही असार २४ गतेदेखि एकीकृत कारोबार गर्दैछन् ।
कम्पनीहरुले शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्र अभौतिकरण तथा सूचीकरण प्रयोजनको लागि एकीकृत कारोबारको मितिले १५ दिन शेयर कारोबार रोक्का रहने संस्थाले जनाएको छ ।
कम्पनीको यही असार १७ गते साझ बसेको संयुक्त मर्जर समितिको निर्णयले शेयर कारोबार रोक्का हुने भएको हो । मर्जरपश्चात कम्पनीले साना किसान विकास लघुवित्तको नामबाट एकीकृत कारोबार गर्ने भएको छ । साना किसान विकास लघुवित्त र आरएमडिसी लघुवित्तबीच गत भदौ २ गते सम्झौता भएको हो । दुवै लघुवित्त १००ः८७ को स्वाप रेसियो अनुपातमा मर्ज हुने भएका हुन् ।
सम्बन्धित
















किम्बु बिरुवाको माग बढ्दो
केही भूभागमा चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना
विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र अनिवार्य रुपमा राख्न अनुरोध
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
व्यवसायी सुलभ अग्रवाल पनि पक्राउ
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
प्रतिक्रिया